मङ्लबार, चैत्र ६, २०८०

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी

काठमाडौँ, असोज । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएकी छिन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचितको मनोनयन दर्ता गर्दा सुवेदीको मात्र उम्मेदवारी परेको थियो । सो समितिको सभापतिमा कुनै पनि सांसदले मनोनयन गर्दा नगरेपछि सुवेदी निर्विरोध निर्वाचित भएकी हुन् ।
सभापतिका लागि सदस्य शान्ता चौधरीले प्रस्ताव गरेको र घनश्याम खतिवडाले समर्थन गरेपनि उनी निर्विरोध भएकी हुन् ।
विसं २०६४ मा बाँके ४ बाट निर्वाचित सुवेदी अहिले प्रतिनिधिसभामा नेकपा साविकको एमालेको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०७५