शनिबार, बैशाख १५, २०८१

कृषि विकास मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं, साउन ३१ । कृषि विकास मन्त्री रामकृष्ण यादवले मन्त्रालय मातहतका सहसचिवहरुलाई आन्तरिक व्यवस्थापनका लागि भन्दै सरुवा गरेका छन् । सरुवा हुने सहसचिवहरुमा बाली संरक्षण निर्देशनालयका सहसचिव डा. डिल्लीराम शर्मालाई कृषि विभागको महानिर्देशक बनाइएको छ । भने विभागमा काजमा महानिर्देशकका रुपमा रहेका डिलाराम भण्डारीलाई कृषि विकास मन्त्रालयको नीति तथा वैदेशिक समन्वय महाशाखामा ल्याईएको छ । ministry-of-agriculture
त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक अच्चुत ढकाललाई पनि आयोजनाबाट हटाइएको छ । उनको ठाउंमा सुदूरपश्चिमाञ्चाल क्षेत्रीय कृषि निर्देशनालय निर्देशक डा. नरहरि घिमिरेलाई ल्याइएको छ ।
त्यस्तै कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख प्रकाश सञ्जेललाई कृषि विभागको उपमहानिर्देशकका रुपमा सरुवा गरिएको छ । भने उनका ठाउँमा कृषि विकास मन्त्रालयका लेखनाथ आचार्यलाई सरुवा गरिएको छ । लेखनाथ आचाईले भने सो सरुवा अपमानजनक भएको भन्दै राजीनामा दिने तयारी गरिरहेका बुझिएको छ ।
सहसचिवहरुको सरुवा कै क्रममा मन्त्रालयले एक जना मात्र उपसचिवको सरुवा गरेको छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनका प्रमुख विष्णु शर्मालाई कृषि तालिम निर्देशनालयमा काज फिर्ता गरिएको छ भने उनको ठाउँमा शिवनन्दन शाहलाई लगिएको छ ।
शिवनन्दन शाह आयोजना स्थापनाभएदेखि नै सो आयोजनाको प्रमुखका रुपमा कार्यरत थिए । उनलाई फेरि सोही आयोजनामा लगिएको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन ३१, २०७४