शनिबार, बैशाख १५, २०८१

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, ३ माघ ।कृषि विक ास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।
बैंकद्वारा आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२÷७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिएका हुन् । बंैकले आव २०७३÷७४ मा रु एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बंैकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४