बिहिबार, बैशाख २०, २०८१

कृषि उपज प्रवद्र्धनका लागि औद्योगिक मेला

रुकुम, ३० पुस । कृषि तथा घरेलु उपज प्रवद्र्धनका लागि रुकुममा कृषि तथा औद्योगिक मेला प्रदर्शनी आयोजना गरिएको छ । जिल्ला कृषि विकास कार्यालयलगायत जिल्लाका अन्य सरकारी तथा गैरसकारी कार्यालयले संयुक्तरुपमा मेला प्रदर्शनीको आयोजना गरेका हुन् । सदरमुकाम खलङ्गास्थित बालमन्दिरमा जारी मेलामा फलफूल, तरकारी, आलु, नगदेवाली, खाद्यान्न, मौरीका चाका, च्याउ, मसला बाली, बीउ, माछा प्रतिस्पर्धाका लागि राखिएका छन् । यस्तै वनजन्य उद्यमतर्फ सिस्ने पाउडर, कृषिजन्यतर्फ सुन्तला, स्क्वास, अदुवा, मह, अचार, हस्तकलातर्फ काठबाँस र ऊन तथा राडिपाखीतर्फ कम्बल, सल, पटुका राडीपाखी राखिएको छ । मेलामा उत्कृष्ट हुने वस्तु तथा कृषकलाई पुरस्कृत गरिने छ । हरेक वर्ष जस्तै यस वर्ष पनि कृषकको प्रोत्साहनका लागि मेला आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय रुकुमका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, पुस ३०, २०७०