शुक्रबार, बैशाख १४, २०८१

कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण हुने

सुनसरी, साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले प्रदेश नं १ को धरानमा कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाई रहेको बताएका छन् ।
उनले प्रशोधन केन्द्र बनेपछि कृषि उत्पादनको निर्यात बढेर अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान थपिने विश्वास व्यक्त गरे ।
मन्त्री विश्वकर्माले पूर्वी नेपालका तराई तथा पहाड र हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादन तथा रुद्राक्ष, अदुवा, बेसार, सुपारी, चिराइतो, पाँचऔँले र अमलालगायत जडीबुटीको उत्पादन, प्रशोधन, प्याकेजिङ र लेबलिङ सम्बन्धी तालीम सञ्चालन गर्न मन्त्रालयले विशेष कार्यक्रम ल्याउने समेत बताए ।

अहिले भारतले नेपालको अदुवा निर्यातमा रोक लगाएको विषयमा सरकार गम्भीर बनेको उल्लेख गर्दै उनले कृषिजन्य उत्पादनको प्रशोधन एवं स्तरीकरण र लेबलिङ गरेपछि नेपालको उत्पादन विभिन्न मुलुकमा निर्यातयोग्य बन्ने र यसबाट नेपाली किसानले राम्रो मुनाफा आर्जन गरी देशलाई समेत आर्थिक रुपमा सबल तुल्याउन योगदान पुग्ने बताए ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७४