शुक्रबार, बैशाख १४, २०८१

कृषक समूह महासंघद्धारा कृषि मन्त्रीको स्वागत

काठमाडौं, ३० फागुन । नवनियुक्त कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीलाई राष्ट्रिय कृषक समूह महासंघ नेपालले एक कार्यक्रम आयोजना गरी स्वागत तथा बधाई दिएको छ । स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी महासंघले नवनियुक्त मन्त्री पराजुली समक्ष सामाजिक सुरक्षा सहितको कृषक परिचयपत्रको व्यवस्था, एडिएस को नेपालीकरण र कृषको पहुँच एवं स्थानीय निकायमा १५ प्रतिशत बजेट कृषि उत्पादनका क्षेत्रमा विनियोजन गर्नु पर्ने अनिवार्य व्यवस्था एवं पशु र बाली बीमा नीति संशोधान गर्नु पर्ने सवालहरुका बारेमा छलफल समेत गरेको थियो ।
कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष उद्धव अधिकारीले सरकारको प्रतिबद्धता तथा कार्यक्रमहरु समयमानै पूरा गराउन महासंघको निरन्तर खबरदारी गरिरहने बताउदै किसानलाई उत्पादन, बजार र औद्योग सहित ३ समूहमा वर्गीगरण गरी विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउने उदेश्यले आफूहरुको रहेको समेत उल्लेख गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३०, २०७०