शुक्रबार, बैशाख १४, २०८१

कुखुरा पालेरै कमाउँछन् मासिक डेढ लाख

धरान/कुखुरामा पनि केही होला त ? भनेर सोच्ने इटहरी उपमहानगनरपालिका–२ शान्तिनगरका तेजबहादुर आले मगर यतिखेर कुखुराबाटै मालामाल बनिरहेका छन् । कुनै बेला छिमेकी साथीले ‘कुखुरा’ पाल्न सुझाव दिँदा उनलाई ‘कुखुराबाट पनि केही हुन्छ र !’ भन्ने मनमा लाग्थ्यो रे । उनी अहिले सम्झन्छन्, ‘साथीले भनेकै समयदेखि कुखुरा पालेको भए आज म कहाँ पुग्थे रैछु ।’tej-ale

साथीको सुझावलाई वेवास्ता गरेका उनी सन् २००३ मा अरबको दुबई पुगे । ४ वर्ष विदेशमा पसिना बगाए । काम सजिलो भए पनि अर्काको अह्नखटनमा बस्न नसक्ने मगर २००७ मा घर फिर्के । घर फर्किए पनि कुनै काम गरेनन् । गाउँघरमा आइपरेको दुखबिराममा सहयोग गर्ने सहयोगी बनेरै केही वर्ष बिताए । उनलाई जागिर खाने मनस्थिति भएन् । अर्कोको काम गर्नुभन्दा आफ्नै केही गर्ने भन्ने सोच भए पनि के गर्ने ? भन्ने द्धिविधाको बीच कुखुरा पालनमै हात हाले । साथीले दिएको सुझाव पाँचवर्ष अघिदेखि लागू गरे । ‘के होला र भन्दै सुरुमा पालेँ ।’ उनी भन्छन्, ‘तर, गर्दा त हुँदो रैछ ।’

अहिले त्यसैबाट मालामाल बनिरहेका उनी ‘केज’ सिस्टममार्फत जान खोजिरहेका छन् । उनलाई व्यवसायिक रुपमै अघि बढाउने रहर छ । केज सिस्टममा जाँदा दानापानीलगायत सबै नै एकैपटक दिन मिल्ने हुन्छ । उनले ढेडलाख रुपैया लगानी गरेर कुखुरा पाल्न थालेका थिए, ५ सय कुखुराबाट । लेयर्स अर्थात अण्डा दिने कुखुरा पाल्न थालेका उनलाई त्यसबाट घाटा भएन् । ‘तर, नाफा पनि भएन । काम गरेको हाजिरा हराएन् ।’ उनी भन्छन् । फाइदा ठिकै हुने देखेपछि बढाएर एकहजार कुखुरा पु¥याए । अहिले पाँचवर्षको दौरानमा उनले २ हजार कुखुरा पाल्न थालेका छन् । दैनिक १३ देखि १५ सयसम्म अण्डा उत्पादन गर्छन् । उनले त्यो अण्डा बिक्री गर्न बजार चहार्नु पर्दैन् । गाउँमै नपुग्ने उनी बताउँछन् । भन्छन्, ‘यो अण्डा त गाउँमै पुग्दैन् । त्यति धेरै अण्डाको माग छ । बजार त कहाँ पु¥याउन पाइन्छ र ।’ अण्डाको बजार प्रचुर छ । अथाह छ ्उनको लागि ।

गर्न सक्नेको लागि अण्डा जति नै उत्पादन गरे पनि बजार थेग्न नसक्ने उनको भनाइ छ । तर, केही नर्गनेको लागि केही छैन् भन्छन् । ‘केही नर्गनेले त यहाँ सम्भावनै देख्दैन रहेछ । मलाई भ्याईनभ्याई छ । साथीले भनेको समयदेखि पालेको भए आज कहाँ हुन्थे होला ।’ उनी भन्छन् । ढेडलाख रुपैयादेखि थालेको व्यवसाय ३२ लाखको हाराहारीमा पुगिसकेको छ । सुरुमा प्राविधिक ज्ञान नहुँदा उत्पादन भएर पनि मुनाफा लिन सकेनन् भने अहिले उनी कामले प्राविधिक बनाइसकेको छ । उनको कुखुरा फार्म हेर्न आउने नयाँ आगन्तुकहरुलाई औषधि नछर्की भित्र प्रवेश गर्न दिदैनन् । झण्डै २० मिटर परैबाट हेर्न सुझाउँछन् ।

‘एकैचोटी छिरो भने त रोग लाग्ने डर हुन्छ । कुखुरा पाल्ने कतिपयलाई थाहा नभएर पनि छिर्न दिन्छन् । तर, त्यो होइन् । परैबाट हेर्न भन्ने हो ।’ अन्य कुखुरा पालन गर्नेहरुको लागि पनि सुझाउ दिँदै उनी भन्छन् । सुरुमा उनको कुखुरा पालन निर्वाहमुखी थियो । घर चलाउनको लागि कुखुरा पालन गर्थे । तर, अहिले व्यवसायिक बनाएका छन् । कुखुराकै लागि छुट्टै जग्गा खोजिरहेका छन् । लेयर्स कुखुरामा अव उनको लगानी एक करोड जतिको हुने छ । कुखुरा पालनबाट सन्तुष्ट मगरले मासिक सरदर एकलाख २० हजार रुपैयादेखि एकलाख ५० हजार रुपैया चोखो मुनाफा बसाउँछन् । ‘दुईहजार खुकुरा सग्लै भयो भने अझै धेरै हुन्छ ।’ उनी भन्छन्, ‘मैले २ हजार हालेकोमा ४ सय मरेर अहिले १६ सय हुदा त यति कमाई हुन्छ ।’ यो पनि उनले २४ महिना भरीको औषत हिसाव भएको बताए । ‘अण्डाको पिक आवरमा त ३ लाखसम्म पुग्छ ।’ उनी थप्छन् । -भोजराज श्रेष्ठ

प्रकाशित मिति: आइतवार, बैशाख १७, २०७४