शनिबार, बैशाख १५, २०८१

कीट निर्देशनालयमा जगदीशको दादागिरी

jagadishकाठमाडौं,२८ पौष । कृषि विकास मन्त्रालय मातहत रहेको किट निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठको दादागिरीका कारण कर्मचारी र निर्देशक बीच जुहारी चल्न थालेको छ । आफूलाई हरेक कुरामा  सक्षम देखाउन चाहने र मातहतका  कर्मचारीहरुलाई अधिकार विहीन बनाएर कार्यालय चलाउन खोज्ने श्रेष्ठका कारण कर्मचारीहरु कार्यक्रम निर्देशकप्रति रुष्ट भएका छन् ।
कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठले आफू निकट कर्मचारी बाहेक अन्यलाई अधिकार विहीन बनाएर सर्वेसर्वा आफै बन्न खोजेपछि उनीदेखि रुष्ट भएका कर्मचारीहरु कृषि विभागका महानिर्देशकहुँदै सचिवसम्म गुहार्न पुग्ने बताउन थालेका छन् । रेशमखेतीका नाममा पनि जगदीश भक्त श्रेष्ठले चलखेल गर्ने गरेको आरोप पनि लागेको छ । सरकारले रेशमखेतीमा छुट्याएको बजेट दुरुपयोग भएको र च्याउखेतीका लागि निर्देशनालय जसरी अगाडि बढ्नु पर्ने हो त्यो हुन नसकिरहेकोले निर्देशनालयलाई व्यवस्थित किसिमले उत्पादन कार्यमा जोड दिन केही कर्मचारीहरुले निर्देशकलाई आग्रह गर्दा पनि निर्देशक श्रेष्ठले उनीहरुलाई काम दिनै छाडेपछि हाकिम कर्मचारी वीच जुहारी चल्न थालेको स्रोतले बताएको छ ।
श्रेष्ठको अटेरीपन र घमण्डका कारण कीट विकास निर्देशनालय दिनप्रतिदिन वदनामहुँदै गएपछि कृषि विभागले तीन सदस्यीय टोली शुक्रबार छड्के जाँच गर्न पुगेका थिए । छड्के समयमा समेत जगदीशभक्त श्रेष्ठले आफ्नो रवाफ देखाएको र आफू विज्ञ भएकाले कसैलाई पनि नटेर्ने बताउँदै सके सरुवा गरेर देखाउन चुनौति समेत दिएको कर्मचारी स्रोतको दावी छ । श्रेष्ठको दादागिरी धेरै दिन नटिक्ने भन्दै कर्मचारी उनका विरुद्ध खुलेरै लागेका छन् । केही समय अगाडि भएको मह महोत्सवमा पनि कर्मचारीहरुलाई पाखा लगाएर एकलौटी ढंगले काम गरेका जगदीश भक्त श्रेष्ठले सो महोत्सव गरेको बदमासी तथा निर्देशनालयमा गरेको आर्थिक अनियमितता समेत सार्वजनिक गर्न निर्देशनालयका राष्ट्रसेवक कर्मचारीहरु खुलेर लागेपछि अहिले श्रेष्ठ शक्ति केन्द्र धाउन थालेका छन् । तर उनको शक्ति केन्द्रले पनि केही गर्न नसक्ने भएकोले पनि कृषि विभागले टोली नै गठन गरिसकेको कृषि बिभाग स्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २८, २०७०