शनिबार, बैशाख १५, २०८१

किसान आयोगका पदाधिकारीको १५ दिनको पारिश्रमिक बाढी पीडितलाई

काठमाडौं, साउन ३२ । राष्ट्रिय किसान आयोगले आयोगका पदाधिकारीहरुको १५ दिनको पारिश्रमिक बाढी पीडितलाई सहयोग गर्ने भएको छ । गत साउत २७ गतेबाट परेको अविरल बर्षा र बाढी पहिरोबाट डुवानमा परि मानवीय तथा भौतिक पूर्वाधार, बाली नाली, पशुपन्छीहरुको अवौं रुपैयाँको क्षति पुगेकामा दुख व्यक्त गर्दै प्रेस विज्ञप्ति मार्फत सो निर्णय राष्ट्रिय किसान आयोगले गरेको छ ।
राष्ट्रिय किसान आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ बाढी पहिरोमा परि मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल सरकारले आव्हान गरेको उद्धार र राहत कार्यमा सहयोग पु¥याउने काममा कुनै कसरत वाँकी नराख्ने बताएको छ । आयोगले राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन आयोगका अध्यक्ष लगायत सदस्यहरुको तर्फबाट प्रधानमन्त्री केन्द्रीय राहत कोषका १५ दिनको पारिश्रमिक सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४