शुक्रबार, बैशाख १४, २०८१

किसानले उखुको मूल्य पाएनन्

नवलपरासी , माघ । नवलपरासीमा लामो समयदेखि उखु उत्पादन गर्दै आईरहेको उखु किसानले सरकारले निर्धारण गरेबमोजिमको उखुको मूल्य पाउन सकेका छैनन् । सरकारले उखुको मूल्य प्रति क्विन्टल रु पाँच सय ३१ निर्धारण गरेको भएपनि किसानले प्रति क्विन्टल रु पाँच सय १७ मात्र पाउँदै आएका छन् । जिल्लाका चिनी उद्योगले किसानलाई सरकारले निर्धारण गरेको मूल्य दिन मनाही गर्दैआएका उखु उत्पादक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए ।
गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब २५ लाख क्विन्टल उखु उत्पादन भएको छ । हाल यहाँ लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । यस वर्ष उत्पादन भएको उखु जिल्लामा रहेका चिनी उद्योगका लागि निकै कम हो ।
चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने र कम मूल्यमा खरिद गर्ने भएकाले पछिल्लो सयम उखुखेती गर्ने किसान अन्य नगदेबालीतर्फ आकर्षित हँुुदै गएका छन् । “सरकारी निकायले अनुगमन नगर्दा किसान चिनी उद्योगबाट ठगिनु परेको छ,” अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ५, २०७३