शुक्रबार, बैशाख १४, २०८१

एउटा कृषि सेवा केन्द्रले छ वटा गाविस हेर्छ

sriram ghimire

श्रीराम घिमिरे
प्रमुख 
जिल्ला कृषि विकास कार्यालय ,जाजरकोट

० जाजरकोट जिल्लाका किसानहरुको समस्या कसरी समाधान गर्दै हुनुहुन्छ ?
नेपालको पहाडी जिल्लाहरु मध्येको एक दुर्गम जिल्ला जाजरकोट जिल्ला पनि हो । दुर्गम जिल्लाको पनि दुर्गम क्षेत्रमा कृषिमा काम गरिरहनु भएका किसानहरुलाई लक्षित गरी कार्यक्रमहरु गरिरहेका छौं । एउटा निक्षेपित कार्यक्रम मार्फत र अर्को केन्द्रबाट सञ्चालिन कार्यक्रम मार्फत विभिन्न खाले कार्यक्रमहरु सञ्चालनमा छन् । अहिले जिल्लामा किसानहरुको समस्यालाई नै समाधान गर्ने सोचले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि अएको छ । जसले किसानहरुलाई उत्पादन गराउने मात्र होइन, किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण गर्ने काममा समेत सहयोग पु¥याउंछ । यो कार्यक्रममा पकेट क्षेत्र, व्लक मार्फत उत्पादनमा जोड दिने गरिन्छ । यो बाहेक पनि हाम्रा नियमित कार्यक्रमहरु बागबानी, कृषि प्रसार, बाली विकास, मह विकास कार्यक्रमले किसानहरुलाई प्रचुर मात्रमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं ।
० प्रधानमन्त्री कृषि आधुनिकीकरण सञ्चालन हुंदैमा किसानहरुले कसरी लाभ लिन सक्छन् त ?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्य सञ्चालनका लागि आफ्नै मोडालिटी छ । सोही मोडालिटी अनुरुप आवश्यक पकेट क्षेत्रका लागि जाजरकोट जिल्लामा विभिन्न बाली उत्पादनका गर्नका लागि १० पकेट क्षेत्र तय गर्ने छ । ती पकेट क्षेत्र कम्तिमा पनि १० हेक्टर क्षेत्रफल भएको हुनु पर्ने भएकाले किसानहरुको त्यत्ति धेरै जमीन छैन । त्यसकारण धेरै किसानहरुको जग्गा एकमुष्ट लिएर पकेट क्षेत्र सञ्चालन गर्ने गर्दछौं । ती पकेट क्षेत्रमा यस जिल्लामा बढी सम्भावना भएका बालीहरुलाई प्राथमिकतामा राखेर ती क्षेत्रमा त्यही बाली राम्रोसंग उत्पादन बृद्धि गर्ने, त्यसका लागि श्रोत साधनहरु पनि सरकारले उपलब्ध गराउने, र सो क्षेत्रमा रहेको समूह, सहकारी मार्पmत कार्यक्रम सञ्चालन गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्ने मात्र होइन उत्पादित कृषि उपजलाई प्रशोधन गरी बजारसम्म पु¥याउने काम पनि गर्दछ ।
० त्यसो भए ब्लकले के गर्दछ त ?
ठिक कुरा उठाउनु भो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा हरेक जिल्लामा कम्तिमा दुईवटा व्लक बनाउने भन्ने व्यवस्था छ । त्यो अनुरुप जाजरकोटमा पनि दुई वटा व्लक रहेका छन् । ती दुईमा हामीले मकै र भटमास बाली सञ्चालन गर्ने छौं । जुन जुन क्षेत्रमा मकै, भटमास राम्रो हुन्छ त्यही क्षेत्रमा उत्पादन गर्ने काम गर्दछौं । व्लकका लागि १ सय हेक्टर जमीनलाई एकीकृत रुपमा लिएर त्यसमा हामी उत्पादकत्व बृद्धि गर्ने काम गर्दछौं । उत्पादकत्व बृद्धि गर्नका लागि हामीले श्रोतसाधनहरु उपलब्ध गराउने, प्रविधि तथा प्राविधिक सेवा उपलब्ध गराउने र उत्पादित बस्तुको बजारसम्म जोड्ने काम पनि गर्दछौं । जसका कारण किसानहरुले धेरै नै फाइदा लिन सक्नु हुनेछ ।
० जाजरकोटमा उत्पादन हुने बालीहरु प्राथमिकताका आधारमा भन्ने हो भने के के छन् त ?
प्राथमिकताका आधारमा भन्दा पनि यहांका किसानहरुले मौसममा आधारित खेती गर्नु परिरहेको छ । खासगरी सुन्तला निकै राम्रो उत्पादन हुने र सम्भावना भएको जिल्ला पनि हो । ६–७ वटा गाविसमा अत्यधिक फल्ने गर्दछ । चालु आर्थिक बर्षमा नै जाजरकोट जिल्लाबाट करीव ९ करोड बराबरको सुन्तला बाहिर निकासी भएको तथ्यांक हामीसंग छ । त्यस्तै भन्ने हो भने अर्गानिक मह उत्पादनमा पनि अग्रस्थानमा नै आउने गर्दछ । एफिस सेराना जातको मौरीबाट आधा दर्जन गाविसका किसानहरुले राम्रै आम्दानी गर्नु भएको छ । पछिल्लो समयमा हेर्ने हो भने प्राय किसानहरुले तरकारी खेती तर्फ पनि आकर्षित भईरहेका छन् ।
० विगत लामो समयदेखिको अध्ययन हेर्ने हो भने सदरमुकामबाट परका गाविसमा प्राविधिक सेवा पुग्न सकेको छैन, सेवा केन्द्रले किसानलाई सेवा उपलब्ध गराउन सकेको छैन भन्ने कुरा छ नि त ?
वास्तविकतामा भन्ने हो भने त्यो समस्या छ । नेपाल सरकारले सम्पूर्ण किसानहरुका लागि सेवा पु¥याउन सकिरहेको छैन । तथ्यांकले पनि के भन्छ भने करीव २० प्रतिशत घरधुरीले मात्र सरकारी सेवा पाएका छन् । यो जिल्लामा पनि सरदर त्यही नै हो । जिल्लाभरी ६ वटा सेवा केन्द्र छ । एउटा सेवा केन्द्रले ६ वटा गाविस हेर्नु पर्ने अवस्था छ । त्यस मध्ये पनि पहाडी क्षेत्र भएको हुनाले कतिपय क्षेत्र त एउटा वडाबाट अर्को वडा जानलाई नै एक दिन लाग्ने गर्दछ । एउटा सेवा केन्द्रमा एउटमा मात्र प्राविधिक हुने हुनाले पनि जसरी किसानहरुमा प्राविधिक सेवा पुग्नु पर्ने हो त्यो पु¥याउन गाह्रो भएको छ । त्यसकारण कृषि विकास मन्त्रालयले अहिलेको संरचनाले गाह्रो भयो किसानहरुले प्राविधिक सेवा पाएनन् भनेर नै एक गाउं एक प्राविधिकको अवधारण ल्याएर गत सालबाट एक गाउं एक प्राविधिकहरुको नियुक्ति प्रक्रिया शुरु गरिसकेको छ । अव विगतमा जस्तो प्राविधिक समस्या हुंदैन । हरेक सेवा केन्द्रमा प्राविधिकहरु हुन्छन् भने अव प्रत्येक गाविसमा नै प्राविधिक नियुक्ति भईसकेका कारण किसानहरुलाई सेवा दिन सकिएन भन्ने हुंदैन । एक गाउं एक प्राविधिक नियुक्ति गर्दा पनि स्थानीय व्यक्तिलाई नै छान्ने कामले पनि आगामी दिन प्राविधिक सुविधा किसानको घरदैलोमा नै पु¥याउन सकिन्छ  ।
० तर जति प्राविधिकहरु भएपनि गाउं जादैनन् । सदरमुकाममा नै बस्छन् भन्न् छ नि ?
होइन त्यस्तो भएको छैन । किन भने हामीसंग सिमित सेवा केन्द्र छ ती सिमित सेवा केन्द्रहरुमा हाम्रा प्राविधिकहरु बस्नु भएको छ । त्यही बाट आफ्नो तर्फबाट सक्दो सेवा पनि किसानहरुलाई पु¥याउनु भएको छ ।
० अन्त्यमा आम किसानहरुलाई क सल्लाह दिनु हुन्छ त ?
किसानहरुले हामीले जति सेवा र टेवा दिन सकेका छौं त्यो अपुग भएको भएपनि निरन्तर मेहनत, परिश्रम गरी राख्नु भएको छ । एउटा सेवा केन्द्रल ६ वटासम्म गाविस हेर्नु पर्ने भएकाले प्राविधिक सेवा पाइन भनेर भन्नु भन्दा पनि किसानहरुलाई समस्या पर्ना साथ आफूलाई पायक पर्ने सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा आएको बेलामा आफूसंग सम्वन्धित समस्या राख्नु भयो भने हामीले ती समस्या समाधान गर्न तत्पर छौं । – धिरेन्द्र बस्नेत

प्रकाशित मिति: सोमवार, फाल्गुन २३, २०७३