शुक्रबार, बैशाख १४, २०८१

उच्च मूल्य भनिएको अलैँचीको मूल्य घट्दो

पाँचथर, कात्तिक । अलैँचीको मूल्य लगातार घट्न थालेपछि जिल्लाका किसान र व्यवसायी चिन्तित वनेका छन् । अहिले जिल्लामा अलैँची प्रतिमन रु ५५ हजारमा बिक्री भइरहेको छ । याङ्नामका किसान याम कुरुम्बाङका अनुसार दुई वर्षअघि अलैँची प्रतिमन रु एक लाख २० हजारमा बिक्री भएको थियो । यस वर्ष भदौमा प्रतिमन रु ८० हजारका दरले बिक्री भएको उनले बताए ।
“व्यापारीले किसानसँग किनेको अलैँची भाउ बढ्ने आशमा गोदाममा थन्क्याएका छन्,” उनले भने । नेपाल अलैँची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपाल उत्पादनमा वृद्धि तथा गत वर्षको अलैँची मौज्दात रहेका कारण मूल्यमा कमी आएको बताउंछन् । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत जिल्लामा उत्पादन हुने अलैँची भारत, पाकिस्तानलगायत मुलुकमा निर्यात गरिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ५, २०७३