शनिबार, बैशाख १५, २०८१

आलुको भाउ बढ्यो

रौतहट, १० पुस । आलु उत्पादनमा कमी आउँदा अघिल्लो वर्षको तुलनामा रौतहटमा यस बर्ष आलुको भाउ महंगिएको छ । अत्यधिक चिसो, मल, राम्रो बीउ विजनको कमी तथा आलुमा लाग्ने रोगका कारण आलु उत्पादनमा कमीका कारण यसपाली आलु उत्पादन भएको केही समय नवित्दै मूल्य आकाशिंदै गएको छ ।
भान्सामा पाक्ने खानाका परिकारमा आलु महत्वपूर्ण भएकाले यसको खपत पनि अत्यधिक हुने गरेकाले अहिले नै जिल्ला स्थित विभिन्न तरकारी बजारमा प्रतिकिलो २५ रुपैयाँका दरल विक्री भईरहेका तथा क्रमश यसको मूल्य बृद्धि हुँदै गएको कारण उपभोक्ता चिन्तित बन्दै गईरहेका छन् ।

प्रकाशित मिति: सोमवार, पुस १०, २०७४