शुक्रबार, बैशाख १४, २०८१

आम्दानी हुन थालेपछि किसान हर्षित

उदयपुर, ७ मंसिर । परम्परागत खेतीबाट भन्दा नगदे बालीले राम्रो आम्दानी दिन थालेपछि उदयपुरका किसान नगदेबाली तिर आकषित हुन थालेका छन् । कोदो, मकै, धान र गहुँ खेतीको साटो नगदे बाली लगाउन थोपछि पछि अधिकांश किसानले सोचेभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
उदयपुरको उत्ररी भेगसँगै सीमा जोडिएका खोटाङ्गका साविका सुन्तले, फास्टाङर साउनेचौर गाविसमा नगदे बाली उत्पादनका लागि जिल्लामा नै अग्रणी मानिन थालिएको छ । अहिले त्यहाँका किसानले सुन्तला, कागजी निवुवा, बेसार आदि विक्री गरेर लाखौं रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय किसान चेतबहादुर थापाका अनुसार तीन वर्ष अघि परम्पराग खेतीबाट छ महिनालाई पनि खान नपुग्ने अन्न उत्पादन हुने खेतमा नगदे बाली लगाउन शुरु गरेपछि आम्दानी १० गुणाले बढेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ७, २०७४