शनिबार, बैशाख १५, २०८१

‘डेरी पकेट कार्यक्रम’ प्रभावकारी

पाल्पा, ९ माघ । दूध उत्पादन बढाउन सञ्चालन गरिएको डेरी पकेट कार्यक्रम कृषक माझ प्रभावकारी बनेको छ । जिल्ला पशुसेवा कार्यालयले कृषकलाई व्यवसायीक पशुपालनमा आकर्षित गराई जिल्लामा दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट कृषकको जीवनस्तर उकासिदै गएको छ ।
माथागढी गाउँपालिका– २ रूपसेमा सञ्चालन भएको यस कार्यक्रमबाट यहाँका २८ घरधुरी लाभान्वित भएका छन् । विसं २०६७ मा शुरु भएको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियानका कारण कृषकले अनिवार्य रूपमा कम्तीमा दुईवटा उन्नत जातका गाई पालेका छन् ।
“एउटा कृषकले २० लिटरदेखि बढीमा एक सय लिटरसम्म दूध बिक्री गर्ने गरेका छन्,” पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले जानकारी दिए । सो क्षेत्रबाट दैनिकजसो पाँच सय लिटरभन्दा बढी दूध बजारमा बिक्री हुँदै आएको छ । पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत प्रतिकृषक रु दुई हजार ५०० र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान सहयोग गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ ९, २०७४