आइतवार, बैशाख २३, २०८१

प्रमेश पोखरेलको “कृषिको समाजवादी रुपान्तरण” सार्वजनिक

काठमाडौं , जेठ । किसान अधिकारकर्मीका रुपमा आफूलाई स्थापित गराउँदै आईरहेको प्रमेश पोखरेलको कृति कृषिको समाजवादी रुपान्तरण सार्वजनिक भएसँग बजारमा आएको छ ।
नेपालको संविधानले नै अवको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भुमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम संविधान विपरीत हुन सक्दैनन् । त्यसैले साना किसान मैत्री पर्यावरणीय कृषि, खाद्यसम्प्रभुता प्राप्ती र किसानको समृद्धि भन्ने नारालाई आत्मसाथ गर्दै कृषि विकासको समाजवादी रुपान्तरणमा विचारहरु पुस्तकमा संग्रह गरिएको छ ।
नेपाल मात्र नभई धेरै देशमा अहिले कृषि क्षेत्र र साना किसानले विभिन्न चुनौतिको सामना गर्दै छन् । यसको प्रमुख कारण पूजिवादी व्यवस्था र यसको मुनाफामुखी चरित्र नै हो । बहुराष्ट्रिय निगम, विश्वब्यापार संगठन र अन्र्तराष्ट्रिय वित्तिय संस्था लगायतका पुँजिवादका विविध प्रभावका कारण कृषि क्षेत्र तहशनहश बन्दै छ । स्रोत र साधनको अतिक्रमण, निजीकरण र विनाश, किसानको विस्तापन तथा कृषिमा रसायन र विषादीको प्रकोप केहि उदाहरण हुन् । नेपालमा पनि यसको छरपष्ट प्रभाव देखिइरहेको छ । साना किसानको वाहुल्यता भएको नेपालमा साना किसान मैत्री पर्यावरणीय कृषि तथा खाद्य सम्प्रभुताको दिशामा अघि बढ्नुपर्नेमा वुर्जुवा शिक्षा, सांस्कृतिक प्रभुत्ववाद तथा आधुनिकताको प्रभावमा गलत नीति तथा कार्यक्रमबाट प्रभावित हुँदा हामी आज अधोगतितर्फ लागेका छौं । अझ विना कुनै वर्ग विष्लेषण तथा परिस्थीतिको बुझाइ आयातित आधुनिकता, हरित क्रान्ति, औद्योगिकरण र बृद्धि सिद्धान्तका असफल एजेण्डाले हाम्रा राजनितिज्ञ र कर्मचारीतन्त्र ग्रसीत भएको समयमा ढिलो नहोस् भन्ने हेतुले हतारमै समानता र न्यायमा आधारीत कृषि विकासको कुरा अघि सार्ने उदेश्यले लेखकको रहेको छ ।
जम्मा २१८ पेज रहेको पुस्तकमा ४० बटा विविध विषयहरु समावेश छन् । शुरुका ५ शीर्षक विगत र वर्तमान परिस्थीतिको बुझाई तथा विष्लेषणमा आधारीत छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६