मङ्लबार, बैशाख १८, २०८१

तरकारीको भाउ १०० प्रतिशतसम्म बृद्धि

काठमाडौं, साउन । धेरै वर्षाले उत्पादन घटेपछि उपत्यकामा तरकारीको भाउ बढेको छ । एक साताकै अवधिमा तरकारीको भाउ ५० देखि १०० प्रतिशतसम्म बढेको छ । बर्खाको सिजनमा उत्पादन हुने तरकारीको मूल्य बढेपछि उपभोक्ताहरु मारमा परेका छन् । अत्यधिक वर्षाले तराईमा तरकारी उत्पादन नहुँदा त्यसको असर उपत्यकाको बजारमा परेको बताइएको छ ।
गत शनिबारमो तुलनामा यस हप्तामा भिण्डी, घिरौंला,करेला, परवल, चिचिण्डो, बोडी, सिमी, गालेभेंडा लगायतका मूल्यमा ५० देखि १०० प्रतिशतसम्म मूल्य बृद्धि भएको देखिन्छ ।
बजार मूल्य खुल्ला बजारमा मात्र नभएर उपत्यकाको मुख्य तरकारी बजार कालीमाटी मै पनि बढेको छ । ३० रुपैया किलो विक्री भईरहेको गोलभेंडा अहिले ५० रुपैयाँमा विक्री भईरहेको छ । धादिङ, काभ्रे, मकवानपुर जिल्लाबाट उत्पादन भएर आउने तरकारीले माग पूरा नभएपनि तरकारीको भाउ एक्कासी बढ्को हो ।

प्रकाशित मिति: आइतवार, साउन १, २०७४