काठमाडौ भाद्र । खेतबारी नभएका र कुटोकोदालो समेत नचिनेका व्यक्तिलाई इजरायलमा कृषि तालिम लिन पठाउनन कृषिमा माफियाहरुको चलखेल बढेको कृषि राज्यमन्त्री राधिका तामाङले आरोप लगाएकी छिन् । काठमाडौंमा आयोजित रैथाने जातका बीउबिजन संरक्षण कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले कृषि प्रशिक्षार्थीका रुपमा इजरायल पठाउन एउटा गिरोह नै सक्रिय भएको समेत बताएकी छिन् । कृषिको नाम लिने अनि निश्चित बर्गका व्यक्तिहरुलाई मात्र किसानका छोराछोरी भन्दै प्रशिक्षणका लागि इजरायल पठाउनु उचित समेत बताईन् । उनले किसानको नाममा माफियाहरुले जालो फिंजाईरहेका कारण वास्तविक किसानहरुको उन्नति हुन नसकेको समेत बताएकी छिन् । इजरायल पठाउने माफियाका रुपमा मन्त्रीले संस्थाको नाम नतोके साना किसान विकास वैंकप्रति इंगित गरेकी थिइन् । स्मरण रहोस् नेपालबाट कृषि प्रशिक्षणका लागि भन्दै साना किसान विकास वैंकले मात्र युवायुवतीलाई इजरायल पठाउंदै आईरहेको छ । कृषिलाई आधुनिकीकरण गर्नेका इजरायली प्रविधिको सीप हासिल गरी नेपालका कार्यान्वयन गराउनका लागि भन्दै साना किसान विकास वैंकले विगत लामो समयदेखि आफ्ना सदस्यका छोराछोरीलाई इजरायलमा कृषि प्रशिक्षणका लागि पठाउंदै आईरहेको छ । वैकले चौथो चरणमा युवायुवती इजरायल पठाउने तयारी गरिरहेको छ ।
Add Comment