आइतवार, जेष्ठ ६, २०८१

तीन सचिवको सरुवा : पशुपन्छीमा हाँसो, वनमा आँशु

काठमाडौं, भाद्र । पुष्पकमल दाहाल नेतृत्वको सरकारले केही दिन अगाडि मात्र १२ सचिवको एकै साथ सरुवा गरेर नयां किर्तिमान राख्दै भारत भ्रमणको अघिल्लो रात पुन ती सचिवको फेरवदल गरेर नयां किर्तिमान कायम गरेको छ । मन्त्रालयमा सचिवको हेरफेर नियमित प्रक्रिया बनिसकेको भएपनि सरुवालाई विभिन्न दृष्टिकोणबाट मूल्यांकन गर्न थालिएको छ । भारत भ्रमण निस्कनु अघि बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को वैठकले चारवटा निर्णय गरेको भएपनि क्लष्टरमा परेका कृषि,बन तथा पशुपन्छी विकास मन्त्रालयको सचिव सरुवाको विषय परेको थिएन । मन्त्रिपरिषद्को वैठक सकिएपछि सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री सुरेन्द्र (राम) कार्कीले पत्रकारहरुसंग् कुरा गर्दा समेत सचिव सरुवाको विषय सम्वोधन गरेका थिएनन् । तर मन्त्रीपरिषद्को वैठक सकिएपछि पुन मध्यरातमा सचिवको सरुवा एजेण्डा बन्यो र बन, कृषि र पशुपन्छी मन्त्रालयका सचिवहरुको हेरफेर गरियो । k
तीन मन्त्रालयका सचिवहरुको हेरफेरले ठूलो अर्थ नराखेपनि अवकाश प्राप्त हुन लागेका तीनवटै सचिवलाई फेरवदल गरिएपछि सम्वन्धित मन्त्रालयका मन्त्रीहरुलाई काम गर्न त सजिलै भयो होला तर मन्त्रालय भित्र काम गर्ने अवस्था भने अझ अन्यौल हुने पक्का देखिएको छ ।
कृषि विकास मन्त्रालयबाट पशुपन्छी विकास मन्त्रालयका सरुवा भएका सचिव उत्तमकुमार भट्टराईलाई कृषि विकास मन्त्रालयले आईतबार विदाई गर्ने भएको छ भने बन मन्त्रालयबाट कृषि विकास मन्त्रालयमा सरुवा भएका उदयचन्द्र ठाकुरलाई पनि कृषि विकास मन्त्रालयले एकै साथ स्वागत गर्ने कार्यक्रम तय गरिसकेको छ ।
पशुपन्छी विकास मन्त्रालय स्थापना भए लगतै आएका सचिव डा. कृष्णचन्द्र पौडेललाई भने मन्त्रालयले शुक्रबार नै मन्त्रालयबाट विदाई गरिसकेको छ । सचिव विदाईका अवसरमा धेरै मन्त्रालयका कर्मचारीहरु मलिन देखिन्छन् तर शुक्रबार पशुपन्छी विकास मन्त्रालयमा भने त्यस्तो देखिएन । सचिवको सरुवा भएको समाचार सुन्नासाथ पशुपन्छी विकास मन्त्रालयका अधिकांश कर्मचारीहरुको खुशीको सीमा नै थिएन । कृषि विकास मन्त्रालयबाट विभाजन भई बनेको पशुपन्छी विकास मन्त्रालयका अधिकांश कर्मचारीहरु विगतका करीव नौ महिना निरंकुश शैलीका सचिवको फन्दाबाट उम्केको महशुस गरेका थिए । सचिवको सरुवाले मानौ उनीहरुले ठूलो विजय हासिल गरे जस्तै देखिन्थे ।
पशुपन्छी विकास मन्त्रालयका सचिव पौडेलको विदाईसंगै कर्मचारीहरु स्वतन्त्र भएको महशुस गरिरहेका थिए । अर्कोतिर उनी सरुवा भएर जांदै गरेको वन मन्त्रालय कर्मचारीहरुमा भने पौडेलको आगमन हुने पक्का भएपछि अनुहार धुमिल हुन थालिसकेको थियो । विगतमा पनि बन मन्त्रालयमा रहँदा कर्मचारीहरुलाई औधी दुख दिएका सचिव पौडेललाई बन मन्त्रालयमा सरुवा नगर्न नौ महिना अगाडि नै कर्मचारीहरुले सरकारका नेतृत्वकर्ताहरुलाई आग्रह गरेका थिए । लप्सीमा विद्यावारिधी प्राप्त गरेका पौडेललाई वन मन्त्रालयमा नै सरुवा गर्ने पक्का भएपति त्यसबेल वन मन्त्रालयका कर्मचारीहरुले सचिवमा पौडेल आए कुनै काम पनि सहज नहुने भन्दै मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । फलस्वरुप त्यसबेलाका बन मन्त्री अग्नि सापकोटाले प्रधानमन्त्री कार्यालयमा हाजिर गराईका सचिव उदयचन्द्र ठाकुरलाई पशुपन्छी विकास मन्त्रालयका सरुवा नगराई बन मन्त्रालयमा तानेका थिए भने पौडेललाई वातावरणबाट पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३