आइतवार, जेष्ठ ६, २०८१

पशुपन्छी विकास मन्त्रालयमा हुकुमी शासन

काठमाडौं, चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानविन गरिरहेको लप्सीमा पिएचडी धारी पशुपन्छी विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल सहसचिव स्तरका कर्मचारीलाई नासुको जिम्मेवारी दिएर काममा लदाईरहेका छन् । जसका कारण पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरु आफ्नो जिम्मेवारीलाई पन्छाएर भएपनि सचिवले निर्देशन गरेका कार्यहरु मात्र गरिरहेका छन् । ministry of livestock and secretary
पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको ४० बुंदे प्रतिवद्धता कार्यान्वयन गर्ने नाममा मन्त्रालय र मातहतका कार्यालयहरुले गर्नु पर्ने चालु आर्थिक बर्षका नियमति कार्यक्रमहरु समेत प्रभावित हुन थालेका छन् । जसका कारण
पशुपन्छी विकास मन्त्रालयमा हुकुमी शासन चलाउंदै आईरहेका सचिव पौडेलका कारण पशुपन्छी विकास मन्त्रालय दिनप्रतिदिन खस्कंदै गईरहेको छ ।
कृषि विकास मन्त्रालय विभाजन गरी पशुपन्छी विकास मन्त्रालय स्थापना पश्चात निकै उत्साही देखिएका पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका कर्मचारीहरु अहिले सचिवको कार्यशैलीका कारण निरुत्साहित भएका छन् । पशुपन्छी विकास मन्त्रालय प्राविधिक मन्त्रालय भएको कारण कुराभन्दा काम बढी हुनु पर्ने भएपनि त्यसो हुन सकेको छैन । पशुपन्छी विकास मन्त्री शान्ता मानवी मृदु स्वभाव की भएका कारण पनि ठाडो निर्देशन दिन नसकेकै कारण मन्त्रीको सोझोपनको फाइदा सचिवले उठाउंदै आईरहेको आरोप पनि लाग्दै आईरहेको छ । किसानका पक्षमा काम गर्नु पर्ने, मन्त्रालयले परिणाममुखि काम गरेर देखाउनु पर्ने मन्त्रीको निर्देशन भएपनि सचिव पौडेल प्रचारमुखि कार्यक्रममा व्यस्त देखिन्छन् ।
पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कार्यालयहरु सचिव पौडेलकै कारण अस्तव्यस्त बनेको छ । कार्यालय प्रमुख नभएको ठाउंमा निमित्त कार्यालय प्रमुख समेत सचिव पौडेलले तोक्न सकेका छैनन् । यस्तो अवस्थामा एक बर्षभित्र अण्डामा, दोस्रो बर्षमा मासुमा र तेस्रो बर्षमा दूधमा आत्मनिर्भर हुने पशुपन्छी विकास मन्त्रालयको सपना साकार हुने देखिंदैन ।
मन्त्रालय विभाजन भएको चालु आर्थिक बर्षका मन्त्रालय परिणाम मुखि काम गरेर देखाउन सकेन भने यो मन्त्रालयको औचित्य माथि प्रश्न उठ्ने छ । हुन त अहिले पनि पशुपन्छी विकास मन्त्रालयको औचित्य माथि संसदीय समितिमा नै प्रश्न उठिसकेको छ । अन्ततोगत्वा सचिव कृष्ण चन्द्र पौडेलकै कारण मन्त्रालयको अस्तित्व घरापमा परिरहेको वरिष्ट पशु चिकित्सक बताउंछन् ।
पशुपन्छी विकास मन्त्रालयको एक मात्र ठूलो आयोजनाका रुपमा रहेको हिमाली आयोजना विगत तीन महिनादेखि आयोजना प्रमुख विहिन हुंदा पनि मन्त्रालय कानमा तेल हालेर बसिरहेको छ ।
एडिवीको आर्थिक सहयोगमा सञ्चालनमा रहेको मन्त्रालयको सवै भन्दा ठूलो आयोजना हिमाली आयोजनामा आयोजना प्रमुख डा. अमर शाहले अवकाशको मिति नजिकिएपछि विदामा बसेका कारण विगत तीन महिनादेखि आयोजना कार्यालय प्रमुख विहिन अवस्थामा चल्दै आएको छ । निमित्त आयोजना प्रमुख रहेका कौशल पौडेल पनि सहसचिवमा बढुवा भएपछि अहिले हिमाली आयोजना शाखा अधिकृतको भरमा चलिरहेको छ । करोडौंको अनुदान उपलब्ध गराउंदै आईरहेका हिमाली आयोजनामा आयोजना प्रमुख नहुंदा प्रस्ताव स्वीकृत भएका अनुदान सम्झौता गर्न बसेका व्यवसायिक किसानहरुसँग आयोजना सम्झौता गर्न सकेको छैन । आयोजना सम्झौता हुन नसकेपछि हिमाली आयोजनामा कार्यरत कर्मचारीहरु पशु सेवा विभागका महानिर्देशक गुहार्न पुगेका छन् । तर, हिमाली आयोजनाको प्रमुख नियुक्तिका लागि मन्त्रालय मार्फत सामान्य प्रशासन मन्त्रालयले नै पशुपन्छी विकास मन्त्रालयको सहसचिव मध्येबाट एक जनालाई जिम्मेवारी दिन सक्नेछ ।
आफू मातहतको आयोजना प्रमुख विहिन हुंदा मौन बसिरहेका सचिव कृष्ण चन्द्र पौडेल अहिले विना तयारी मन्त्रालयले सार्वजनिक गरेको ४० बुंदे प्रतिवद्धता कार्यान्वयन गर्ने भन्दै आफू मातहतमा रहेको सहसचिव, उपसचिव लगायतका कर्मचारीहरुलाई हलि बनाउने प्रयास गरिरहेका छन् । हिमाली आयोजनामा कार्यालय प्रमुख विहिन बनाउनुमा सचिव पौडेल मन्त्रालयलाई असफल बनाउने र कृषि विकास मन्त्रालयमा नै गाभ्ने भित्री योजनामा लागको बताइएको छ ।
हिमाली आयोजनाको प्रमुखमा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मललाई पशु सेवा विभागको उप महानिर्देशकमा सरुवा गरी हिमाली आयोजना प्रमुख समेत बनाउने भनिएपनि सामान्य प्रशासन मन्त्रालयमा फाइल अड्किएको बताइको छ । तर पनि आयोजना निमित्त प्रमुख विहिन हुनु जस्तो लज्जास्पद विषय अरु के हुन सक्छ र ? त्यसैगरी पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डमा पनि चैत्रको पहिलो सातादेखि नै कार्यालय प्रमुख विहिन भएको छ । दुई साता वितिसक्दा पनि पशुपन्छी विकास मन्त्रालयले बोर्डमा न त कार्यकारी निर्देशक नियुक्ति गर्न सकेको छ नत निमित्त प्रमुखको रुपमा कसैलाई तोक्न नै सकेको छ । मन्त्रालयलाई खरायो गतिमा लैजाने कि कछुवा गतिमा लम्क्याउने भन्ने मुख्य भूमिका मन्त्रालयका सचिवकै जिम्मेवारीमा हो । तर हुकुमी शासनमा चल्ने सचिव पौडेलका कारण झन् झन् अस्तव्यस्त हुंदैछ । – हिमा पौडेल ‘स्वस्ती’

प्रकाशित मिति: शनिबार, चैत्र २०, २०७२