आइतवार, जेष्ठ ६, २०८१

हिमाल आयोजनाले भुक्तानी गरेन

जुम्ला, २० चैत्र । उच्च पहाड कृृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली) अन्तर्गत उपआयोजना सञ्चालन गर्ने व्यवसायी मर्कामा परेका छन् । आठ महिनादेखि आयोजनाको केन्द्रीय कार्यालयले रकम भुक्तानी दिन ढिलाइका गरेका कारण व्यवसायी मर्कामा परेका हुन् । आठ÷नौ महिनाको अन्तरालमा सम्झौता र भुक्तानीका काम हुन सकेका छैनन् । ऋण लिएर व्यवसाय सञ्चालन गरेका धेरै सञ्चालकलाई भने साँवा र ब्याज दुवैले च्यापेको छ ।himali project
फाइदाको नाममा बढी घाटा व्यवहोर्नु परेको प्रियङ्का ताजा तरकारी उद्योगका सञ्चालक निर्मला शाहले बताउन् । “हामीले भेडापालनका लागि भवन निर्माणका साथै रकम आउनेबित्तिकै बुझाउने कागज गरी भेडाधनीसँग भेडा किन्यौँ, तर हिमालीले बेलैमा भुक्तानी नदिएपछि साहुको बदनामी भएका छौ”–दरगारी भेडापालन समूहका अध्यक्ष निलो बोहोराले बताए । उनले गत साउनमा आफूले भुक्तानीको लागि बिल पेस गरेको समेत बताए ।
सोही समूहका कोषाध्यक्ष लोकबहादुर बोहोराले आठ महिना बित्दापनि व्यवसायीका समस्याप्रति आयोजना चिन्तित नरहेको गुनासो गरे । तर, आयोजना जिल्ला अनुगमन संयोजक राजेन्द्र गिरीले भने जिल्लाबाट व्यवसायीका सबै काम भएको बताएका छन् । उनका अनुसार ३९ व्यवसाय योजनाको सम्झौता रकम रु नौ करोड २६ लाख ४८ हजार ५४ बा“की छ भने २२ योजनाको रु तीन करोड २२ लाख ८५ हजार ५९८ भुक्तानी गरिएको छ ।
हिमाली आयोजना केन्द्रीय कार्यालयका भेटेनरी अधिकृत मनोज शाहीले दुई महिनादेखि आयोजनाका निर्देशकले अवकास लिएको र सरकारले अर्को निर्देशक पठाउन समय लागेकाले भुक्तानी दिन ढिला भएको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र २०, २०७२