मङ्लबार, जेष्ठ ८, २०८१

कृष्ण शर्माले सम्हाले नेपाल कृषि मेशिनरी व्यवसायी संघको नेतृत्व

काठमाडौं । कृषि यन्त्र उपकरण विक्री गर्दै आईरहेको व्यवसायीहरुको संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को अध्यक्षमा एसकेटीका प्रवन्ध निर्देशक कृष्ण शर्मा निर्विरोध निर्वाचित भएका छन् । पोखरामा सम्पन्न अधिवेशनले दुई वर्षका लागि शर्माले नेतृत्व पाएका हुन् ।

यसअघि महासचिवमा रुपमा रहेका शर्मा दुईदशक कृषि यन्त्र विक्री वितरण गर्दै आईरहेका छन् । निवर्तमान अध्यक्ष खोजराज कटवालले उम्मेदवारी दिने भनिएको भएपनि अन्त्यमा कटवालले उम्मेदवारी दर्ता नगराएपछि शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

शुक्रवार अबेर राति सम्पन्न नामियाको औठौँ साधारणसभा तथा अधिवेशनले उपाध्यक्ष कृषि र प्रविधि मासिक पत्रिकाकी सम्पादक सुनिता न्हेमाफुकी निर्वाचित भएकी छिन् । उनी आर एण्ड डी सोलुसनकी प्रवन्धक पनि हुन् । उनका निकटतम प्रतिद्धन्ती सविन्द्र त्रिपाठीलाई उनले १४६ मतान्तरले जितेकी हुन् ।

त्यस्तै महासचिवमा जि सेभेनका अर्जुन लुइटेल, सचिवमा श्रेष्ठ एग्रि इन्पुटका गौरव श्रेष् र कोषाध्यक्षमा सलोम एग्रिकल्चरका श्रीकृष्ण अधिकारी भने निर्विराध निर्वाचित भएका हुन् ।

संघको सदस्यमा राजेन्द्रजङ रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसद ढकाल, सकल थापा, पुस्कल गिरि र हरि खरेल निर्वाचित भएका छन्। यसैगरी सदस्यमा सकुन्तला कुमारी सुवेदीलाई निर्विरोध निर्वाचित गरिएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०८०