शनिबार, बैशाख २९, २०८१

तीन डाक्टर तीन तिर, कृषि मन्त्रालय कतातिर ?

काठमाडौं । साँच्चै नै मुलुक बनाउनका लागि पढेलेखेका नेता भएनन् भन्ने आरोप बेला बेला लाग्ने गर्दछन । विद्धान नेता नहुँद देश बन्न सकेन भनेको पनि दशकौं भईसकेको छ । विगतदेखि हेर्ने हो भने पढेलेखेका नेताहरुले के गरे भन्ने प्रश्न कतै पनि उठेको भने होइन । मुलुकका लागि भन्दै कुनै बेला राजा महेन्द्रले विदेशमा बसेका विद्यावारिधि गरेका डा प्रकाशचन्द्र लोहनीलाई स्वदेशमा ल्याएर राजनीति गर्न लगाए ।

विद्यावारिधी गरेका प्रकाशचन्द्र लोहनीको पालामा के के भयो भन्ने कुरा अहिले चर्चाको विषय बन्ला ? किनकी उनको पालाको कृषि क्षेत्रलाई नजिकबाट हेर्नेहरुले त्यसबेलाको कृषि क्षेत्र र अहिलेको कृषि क्षेत्र तुलना गर्न नै नहुने बताउँछन् । त्यसबेला श्रोत र साधनको अभावका बेला पनि कृषि साँच्चै कृषि थियो । नेपालले उत्पादन गरेर विदेश निर्यात गर्दथ्यो तर अहिले यति धेरै श्रोत साधन भएर पनि मुलुक भरनिर्भर बनिरहेको छ । अहिले कृषि मन्त्री बेदुरा भुसाल विद्यावारिधी हुन् । उनी मातहतमा रहेको कृषि सेवा र पशु सेवा हेर्ने दुई सचिवपनि विद्यावारिधी नै हुन् । तर कृषि क्षेत्रको अवस्था ! कृषि मन्त्रालयको नेतृत्व हाँक्ने अनि दुई सचिव नै विद्यावारिधी गर्ने डाक्टर हुँदा पनि कृषि क्षेत्र ओरालो लागिरहेको छ ? नपढेका मन्त्रीहरु जत्तिको काम पनि अहिले कृषिमा भएको छैन ।

पछिल्लो अवस्थालाई मूल्याकन गर्ने हो भने कृषि सरकारको प्राथमिकतामा परेको छैन । त्यही वएर पनि तीन वटा पिचएचडी धारी डाक्टरहरु तीनतिर फर्केको देखिन्छ । कृषि क्षेत्रको जसरी विकास हुनु पर्ने थियो त्यो नहुनुको कारण पनि त्यही नै हो । यद्यपी विद्धान विद्धान व्यक्तिले नेतृत्व गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अहिलेको अवस्थालाई हेर्ने हो भने यो क्षेत्रले निकै नै फड्को मार्नु पर्ने थियो । तर सकेन । अहिले लम्पी स्किनका कारण मुलुकभरका किसानहरुको अवस्था निकै नै दयनीय वन्दै गईरहेको छ । करीव ६४ अर्वभन्दा बढीको क्षति भएको कृषि मन्त्रालयकै तथ्यांकमा देखिन्छ । यत्रो महामहामारी हुँदा पनि मन्त्रालय, मन्त्री र सचिवको भूमिका भने देखिँदैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशु सेवा तर्फ हेर्ने विद्यावारिधी धारी सचिव दिपकराज खराल छन् । बन सेवा समूहका खरालले गर्ने काम भनेको सचिव पदमा जागिर मात्र खाने हो या आफूले सम्हालेको जिम्मेवारी अनुरुप किसानहरुको सुरक्षा पनि गर्ने हो ?

पहिले कृषि मन्त्रीका कारण कृषि क्षेत्रको विकास हुन सकेन भन्ने ‘ सचिवहरु’ अहिले कसका कारण लम्पी स्किन नियन्त्रण हुन सकेन ? जवाफ दिन सक्लान् ? अहिले पशुसेवा तर्फका सचिव खराल बन सेवाको भएका कारण पशुसेवालाई त्यत्ति चासो नदिएको आरोप लागेको छ । सचिव खरालले मातहतका कार्यालय खारेजीदेखि शुन्य बजेट हुँदा समेत नबोले कै कारण पशु सेवासँग मन्त्रालय समेत ओरालो लागिरहेको आरोप लागेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ७, २०८०