काठमाडौं, पुस । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले दुग्ध विकास संस्थानको विराटनगर दुग्ध वितरण आयोजनाको निरिक्षण गर्दै पाउडर दूध आयातमा रोक लगाउने डिङ्ग हाँकेका छन् ।
नेपाली दुग्ध उत्पादन गर्ने किसानहरु यतिखेर दूध उत्पादन लागत मूल्य बढेको भन्दै धमाधम आफ्नो गाई फार्महरु विक्री गर्न थालेका छन् । यही अवस्था आईरह्यो भने मुलुक पुन दूधमा परनिर्भर बन्ने अवस्था छ ।
दुग्ध विकास संस्थानलाई किसानहरुले विश्वास गर्न छाडिसके । दुग्ध विकास संस्थानमा हुने चरम आर्थिक दुरुपयोग र राजनीतिकरण गर्दा नेपाली किसानहरुले दुग्ध विकास संस्थानलाई दूध दिन छाडिसके यो अवस्थामा विराटनगरमा रहेको धूलो दूध कारखानाले काम पाउला ?
दूध उत्पादनका लागि हव मानिएको चितवनका व्यवसायिक दुग्ध उत्पादक किसानहरुले गाई बेच्ने थालिसकेका छन्, फार्म सञ्चालन गर्न छाडिसकेका छन् । कारण गाईका लागि आवश्यक दानामा चर्को मूल्य बृद्धि गरिएको छ । चोकर व्यापारीहरुले चर्को मूल्य असुल्न थालेका छन् । चरनको अभाव र दाना कै भरमा बढी उत्पादन लिन्छु भन्नु मुर्खता होला ।
मन्त्रीज्यू भाषण त मिठा गर्नु हुन्छ । तर रासायनिक मल मिसाएर किसानका गाईलाई रोगी बनाउने दाना कम्पनीसँग साँठगाँठ गर्नु हुन्छ । दाना कम्पनीले मन लाग्दो किसिमले दानाको मूल्य बढाउँदा पनि मौन बस्नु हुन्छ । अनि कसरी दूध उत्पादन बढ्ला र दूधमा आत्मनिर्भर भएर भारतबाट धूलो दूध ल्याउनु होला ?
हुन त दुग्ध विकास संस्थानले आफ्नै पाउडर उत्पादन गर्ने कारखाना चलाएको छ । तर बार्षिक कति उत्पादन गरिरहेको छ र खपत कति गरिरहेको छ भन्ने कुरा स्थलगत अनुगमन गर्नुस् कागजमा बुझाएको तथ्यांक हेरेर भाषण गर्न छाडि दिनुस् ।
दूध उत्पादन गर्न कति गाह्रो छ । समस्या के छ किसानको बुझ्ने प्रयास मन्त्रीले गर्न सकेका छैनन् । भाषण गर्न जस्तो सजिलो दूध उत्पादन गर्न पक्कै नहोला ? विरानटगर पुगेर कृषि मन्त्री खनालले धूलो दूध भित्रन नदिने गरेको घोषणामा किसानहरु ढुक्क छैनन् ।
कमिशनको चक्करमा रुमल्लिएको दुग्ध विकास संस्थानले नै भारतबाट सस्तोमा धूलो दुध भित्र्याउने गरेको व्यवसायिक किसानहरु बताउँछन् । राष्ट्रिय दुग्ध उत्पादक कृषक समाज नेपालका अध्यक्ष आनन्द न्यूरे भन्छन्,‘ फटाहहरुले राज गरेको ठाउँमा दुध उत्पादन घटिरहेको अवस्थाले गर्दा विगतलाई हेर्ने हो भने मन्त्रीले भन्दैमा धूलो दूध रोकिन्न ।’
चितवन, काभ्रे, नवलपरासी क्षेत्र दुध उत्पादनका लागि महत्वपूर्ण पकेट क्षेत्रका रुपमा मानिन्छ । तर दूध उत्पादनका लागि गाईबस्तुलाई चाहिने दाना, चोकर, औषधीमा चर्को मूल्य कारण किसानहरु पलायन भईरहेको र राज्यले वेवास्ता गरेको कँडेंले गाई फार्मका सञ्चालक डिलाराम कंडेलको भनाई छ ।
चितवन कै अर्का व्यवसायिक दूध उत्पादक किसान कृष्ण भण्डारीले पाँच बर्ष भन्दा बढी समयसम्म गाई फार्मसञ्चालन गरेर लागत मूल्य समेत नउठेपछि फार्म नै विक्री गरेर अन्य व्यवसयामा शुरु गरेको बताउँछन् ।
मन्त्रीज्यू मिल्क होली डे नि होला, तर पाउडर नरोकिला ?

Add Comment