बिहिबार, बैशाख २०, २०८१

कृषि विकास मन्त्रालमया कसरी आयो कांग्रेस ?

काठमाडौं, साउन  । २०४६ सालपछिको करीव २७ वर्षको अवधिमा २९ औं कृषि मन्त्रीका रुपमा कृषि विकास मन्त्रालयले नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवलाई पाएको छ । २०४७ सालको प्रजातन्त्र प्राप्ति पछिको पहिलो कृषि मन्त्री झलनाथ खनाल बनेका थिए । त्यसपछि स्व. शैलजा आचार्य, रामचन्द्र पौडेलले कृषि विकास मन्त्रालको जिम्मेवारी सम्हालेका थिए । flag congressकृषि विकास मन्त्रालयले २९ वटा मन्त्री पाउँदा कांग्रेसले जम्मा ७ पटक कृषि मन्त्री पठाएको छ । भने २२ जना कृषि मन्त्री अन्य पार्टीहरुले लिएका थिए । यो पटक पनि कांग्रेसले चाहेर कृषि विकास मन्त्रालय रोजेको थिएन । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस भित्रका विभिन्न खेमाहरु मध्ये रामचन्द्र पौडेलको पक्षमा पनि केही मन्त्री परे । तर मन्त्रालयको टुङ्गो लागेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य मन्त्रालय कांग्रेसको भागमा राखेको थिए । तर वरिष्ट नेता रामचन्द्र पौडेलले आपूmले मन्त्री पाउने भएपनि अरु मन्त्रालय नलिने र आफ्नो भागका कृषि नै हुनु पर्ने अडान राखे ।
शेरबहादुर देउवाले कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय माओवादी केन्द्रको भागमा रहेको बताए । तर रामचन्द्र पौडेलले विगतमा आफू पनि कृषि मन्त्री नै भएको र नेपाली कांग्रेसले कृषिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगरेका कारण अव कृषि मन्त्रालय नै लिने अडान गरे ।
रामचन्द्र पौडेलको कृषि विकास मन्त्रालय नै लिने र त्यसमा आफू निकट सञ्जय गौतम वा रामकृष्ण यादवलाई नै पठाउने अडान राखे । उता माओवादी केन्द्र पनि कृषि विकास मन्त्रालय छाड्ने पक्षमा देखिएको थिएन । यदि यो विवाद भयो भने शपथ ग्रहण कार्यक्रम नै स्थगत गर्नु पर्ने अवस्था आईसकेको भन्दै प्रधानमन्त्री देउवाले पुष्पकमल दाहाललाई कृषि विकास मन्त्रालय छाड्न गरेको आग्रह दाहालले स्वीकार गरेकै कारण र रामचन्द्र पौडेलको अडानले कृषि विकास मन्त्रालय नेपाली कांग्रेसको हातमा १२ वर्ष पछाडि आएको हो । अहिलेसम्म कांग्रेसको रोजाईमा पर्न नसकेको कृषि मन्त्रालय रामचन्द्र पौडेलकै कारण पर्न सफल भएको हो । कृषि विकास मन्त्रालय कांग्रेसको रोजाईमा नपरेकै कारण कृषि क्षेत्रमा कांग्रेस निकटहरुको पहुँच नगन्य मात्रामा नै देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४