सोमवार, बैशाख २४, २०८१

मदनकृष्ण भन्छन् थोंपा सिँचाईले मलाई डुवायो

काठमाडौं, असार । नेपालका चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ शरीर असहज हुंदा हुंदै पनि गाह्रो गर्दै माइक समाउन पुगे, कृषि विभागको सभाकक्षमा । त्यहाँ कुनै व्यग्यात्मक कार्यक्रम पनि थिएन । उनले रेडियोमा बोल्ने अवसर पाएको कृषि कार्यक्रमको कृषि सूचना सञ्चार केन्द्रले पचास वर्ष पुगेको अवसरमा उनलाई सम्मान गरेको थियो । सम्मान ग्रहण पश्चात उनले भने गुणान, भाग र जोड गर्दा गर्दै वाक्क दिक्क भएर संचय कोषको जागिर छोडेर कृषि सूचना शाखामा आफूले पाउँदै आएको तलवको १० प्रतिशत कम तलवमा जागिर खान आईपुग्दाको क्षण निकै भावुकताममा प्रस्तुत गरे । madan-krishna-shrestha
१२ वर्ष सञ्चय कोषमा जागिर खाँदा गुणान र घटाउ गरेर जीवन बिताउने छाडेर कृषि सूचना शाखामा आएको केही महिनामा दजर्नौ जिल्ला भ्रमण गर्न पाएपछि उनी अझ नतमस्तक भएका थिए । माईकमा बोल्न पाएपछि फुरुङ्गिएका उनलाई कृषि कार्यक्रमले श्रोताको माया त पाउँदै गयो । तर शाखा प्रमुखले दिने गरेको स्पष्टिकरणले उनलाई त्यही बसेर काम गर्ने मन भने लागेन ।
उनी भन्छन् त्यसबेला हरिवंशको पनि जागिर गएको थियो हरिवंशको जागिर गएपछि स्पष्टिकरण खानु भन्दा जागिर नै छोड्ने मुडमा पुगे र राजीमा दिए । मदनकृष्णले हाँस्दै भने राजीनामा दिएपछि मैले सूचना शाखाबाट एउटा चीज चोरेर लगे त्यही चोरेको चीजलाई अहिलेसम्म पनि सम्हालिरहेको बताए ।
त्यो उनले चोरेको चीज थियो सञ्चार शब्द । सञ्चार शब्द चोरें र मह सञ्चार स्थापना गरे उनले भने । जसबाट किसानका लागि धेरै कुरा विज्ञापन, फिल्मबाट दिन सकेको उनले बताए ।
नेपाली कृषि क्षेत्रको व्यवसायिकताको प्रश्न उठाउँदै उनले भने कार्यक्रमको सिलसिलामा इजरायल पुग्दा त्यहाँ थोंपा सिँचाई प्रविधि देखेर आफूहरुले पनि मह एग्रिकल्चरका नामबाट आफ्नै पुख्यौली जग्गा जीतपुरमा नयाँ प्रविधि शुरुवात गरियो ।
महले कृषिमा लगानी गरेको भन्दै मन्त्री, प्रधानमन्त्री राष्ट्रपतिमात्रा होइन करीव तीन लाख भन्दा बढीले फार्म भ्रमण पनि गरे । सवैको स्यावासी पनि पाईयो तर कलाकारिताबाट कमाएको पैसा सवै थोंपा सिंचाईले डुवायो । खिन्नता प्रकट गर्दै उनले भने प्रविधि विस्तार त गरियो तर आफूलाई थाहा नभएको कारणले इजरायलको प्रविधि विस्तारका लागि जसलाई ल्याएको थियो मात्र गुट्मुट्यो ।
खेर गएको पुख्यौली जग्गा पनि दिईयो लगानी पनि गरियो तर त्यसबाट आउने रकम जति जसले सीप जानेको थियो उसैले लग्यो । मह एग्रिकल्चरबाट थोंपा सिंचाई शुरु गरेपछि सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि बजेट छुट्याउने र थोंपा सिंचाईका लागि काम गरेको भए पनि किसानले फाइदा लिएर कि व्यापारीले भन्ने कुरामा सरकारले नै ध्यान दिनु पर्ने समेत श्रेष्ठको सुझाव थियो ।
तीन वर्ष अगाडि कृषि अनलाईनमा नै मह एग्रिकल्चरले थोंपा सिंचाई प्रविधिका नाममा किसानहरुहरुलाई चर्को मूल्यमा विक्री वितरण गर्दा किसानहरु मारमा परेको समाचार प्रकाशन गरेको थियो । त्यसपश्चात निकै विवाद पछाडि मह एग्रिकल्चरले ट्रष्टका रुपमा स्थापित गर्ने मदनकृष्ण श्रेष्ठले नै बताएका थिए । निकै ढिला भएपनि मह एग्रिकल्चरकाका लगानी कर्ता मध्येका एक वरिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले थोंपा सिंचाईका कारण आफ्नो लगानी डुवेको सार्वजनिकीकरण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार २४, २०७४