मङ्लबार, बैशाख २५, २०८१

किसानका लागि एमालेको नारा : कृषिमा आधुनिकीकरण

काठमाडौं, वैशाख । बीस बर्षपछि आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागिरहेको छ । स्थानीय (गाउँपालिका र नगरपालिका) को निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले संसदीय निर्वाचन जस्तै गरी आ आफ्नै नारा लिएर मतदाता समक्ष पुग्न थालेका छन् । UML
राजनीतिक दलहरुले प्राय : निर्वाचनमा आफ्ना घोषणा पत्रमा कृषि क्षेत्रको विषयमा त्यत्ति धेरै नखुले पनि अहिले कृषि क्षेत्रलाई सवैले प्राथमिकता दिए जस्तै गरिरहेका छन् । कृषि क्षेत्रमा आफूलाई फरक ढंगले उभ्याउन खोजेको माओवादी केन्द्रले पुरानै कार्यक्रमको नाम थोरै परिमार्जन गरे जस्तै गरेको देखिन्छ । नेपाली कांग्रेस भने किसानका पक्षमा थोरै चुकेको देखिन्छ । काम होस् वा नहोस् आश्वासन समेत दिन कांग्रेसले अल्छी मानेको कांग्रेसकै किसान नेताहरु बताउँछन् ।
स्थानी निर्वाचनको महत्वपूर्ण अवसर पारेर नेकपा एमालेले भने आफूलाई कृषि र किसान मैत्री बनाउन खोजेको देखिन्छ । स्थानीय तह निर्वाचनको घोषणा पत्रमा एमालले “समृद्धि, समानता र सवल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार”भन्दै नेपाली अर्थतन्त्रको सवलीकरण गर्नका लागि कृषिमा आधुनिकीकरणलाई प्राथमिकताका समावेश गरेको छ ।
कृषि प्रधान देश नेपालका किसानहरुलाई सम्पन्न बनाउन कृषिको आधुनिकीकरण तथा औद्योगिकरण कार्यक्रम लागू गर्ने प्रतिवद्धता एमालेले गरेको छ । उनले आप्mनो घोषणा पत्रमा एमालेको सरकार बनेको एक वर्षभित्रै राष्ट्रव्यापी नापी शुरु गरी भूमिको यथार्थ अभिले राख्ने समेत बताएको छ ।
विश्वभर खाद्य सुरक्षाको कुरा उठिरहेका बेला एमालले भने दुईवर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषि योग्य जमिन चक्लावन्दी गरी एमालेकै सरकारको पालामा घोषणा गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा उल्लेख भए अनुरुप सुपर जोन, जोन, व्लक र पकेट क्षेत्रका आधुनिक फार्महरुको विकास गर्ने प्रतिवद्धता किसानहरु माझ लगेको छ । सुपर जोन, जोन, व्लक र पकेट क्षेत्रहरुमा कृषि उत्पादकत्व बृद्धि गराउनका लागि माटोको परीक्षण गरी माटो अनुकूल उत्पादन गर्ने पनि एमालेको घोषणा पत्रका उल्लेख गरेको छ । तर सत्ताधारी माओवादी केन्द्रले भने एक गाउ“ एक उत्पादन कार्यक्रलाई नै एक गाउँ एक विशेष उत्पादन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
त्यसैगरी एमालेले पशुपन्छी, मौरी र माछा पालन व्यवसायलाई व्यापक तुल्याउने पनि आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । आफ्नो सरकारले पूर्ण रुपमा नेतृत्व गर्न पाएमा पा“च वर्षभित्र कृषि उत्पादकत्व बृद्धि गरी देशलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने पनि उल्लेख गरेको छ । एमालले कृषि उत्पादनमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै आगामी १० वर्षभित्र कृषि भूमिमा आम रुपमा जैविक प्रांगारिक मल र जैविक विषादीको प्रयोग हुने अवस्था सिर्जना गर्ने, उत्पादनदेखि वितरणसम्मको प्रक्रियामा आधुनिक यन्त्रहरुको प्रयोगमा जोड दिने समेत उल्लेख गरेको छ । साथै किसान तथा कृषि व्यवसायीहरुका लागि कृषिमा यान्त्रिकीकरण गर्न लाग्ने खर्चमा निश्चित मापदण्डका आधारमा सरकारले पहिलो पटक अनुदान दिने एवं सवै किमिसमका कृषि र पशु उत्पादनमा बीमा व्यवस्था लागू गर्ने समेत घोषणा पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २५, २०७४