शनिबार, बैशाख १५, २०८१

पति च्यापेर कृषि राज्यमन्त्री स्वीट्जरल्याण्डमा मस्त !

radki dv

काठमाडौं, वैशाख । काठमाडौं । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले निर्वाचन आचार संहिता उल्लंघन गर्दै रोम पुगेको चर्चा सेलाउन नपाउ“दै कृषि राज्य मन्त्री राधिका तामाङ पति दिलबहादुर (डिवी) तामाङ बोकेर स्वीट्जरल्याण्ड पुगेकी छिन् । निर्वाचन आयोगको स्वीकृत विना नै कृषि राज्यमन्त्री बुधबार स्वीट्जरल्याण्ड पुगेको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।
निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघन गर्दै कृषि विकास मन्त्री र राज्य मन्त्री विदेश भ्रमणको प्रतिष्पर्धामा नै उत्रिएका छन् । चौधरी रोम पुगेर फर्केका छन् भने यतिखेर निर्वाचनको चटारो छोडेर राज्यमन्त्री भने पतिदेवसंग स्वीट्जरल्याण्डमा रमाईरहेकी छिन् ।
राज्यमन्त्रीका जोडीको स्वीट्जरल्याण्ड भ्रमणलाई सार्थक तुल्याउन मन्त्रालयका सहसचिव लेखनाथ आचार्य निर्वाचन आयोगले भ्रमण अस्वीकृत गर्दा गर्दैएक साता अगाडि स्वीट्जरल्याण्ड पुगिसकेका छन् । – धिरेन्द्र बस्नेत 

प्रकाशित मिति: शनिबार, बैशाख २३, २०७४