बुधबार, बैशाख २६, २०८१

मह उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी

नवलपरासी, वैशाख । नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रूपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् ।
सहजैरूपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए । नवलपरासी जिल्लाभित्र उत्पादन हुने गरेको मह जिल्लाको स्थानीय बजारसहित बुटवल, चितवन, पोखरा, काठमाडौँ लगायत बजारमा पुुग्ने गर्दछ ।
यसैबीच नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासका यस क्षेत्रमा मौरी चराउन ल्याउने किसानको सङ्ख्या बढेको छ । अहिलेको मध्यवर्ती आसपास निकै धेरै मात्रामा मौरीका घार देख्न सकिन्छ । परम्परागत घार एक ठाउँबाट अर्को ठाउँमा जौलान झन्झट हुने गरे पनि आधुनिक घार भने एक स्थानबाट अर्को स्थानमा सवारीसाधानमा राखी सजिलैसँग लैजान सकिने हुँदा बाहिरी जिल्लाबाट यहाँ चरनका लागि ल्याउने गरेका छन् ।
मौरीका लागि आवश्यक पर्ने आहारका लागि प्रशस्त मात्रामा फूल फुल्ने बोटबिरुवा आवश्यक पर्ने र त्यसका लागि मध्यवर्ती क्षेत्र उपयुक्त ठाउँ भएकाले किसानले  चरनका लागि नवलपुर क्षेत्रको मध्यवर्ती क्षेत्रमा ल्याउने गरेका हुन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ३, २०७४