शुक्रबार, बैशाख २१, २०८१

कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते

काभ्रे, ६ माघ । काभ्रे जिल्लाको डाडापारी कृषि क्षेत्र घोषणा गरेर फर्कदै गरेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्गाप्रसाद पण्डित चढेको बा१झ ५४०८ नं गाडी दुर्घgadiटनामा परेको छ ।
हिजो कृषि विकास राज्यमन्त्रीले काभ्रेको डाँडापारि क्षेत्रलाई कफी क्षेत्रका रुपमा घोषणा गर्न आफू तयार रहेको भन्दै ल्होछार कार्यक्रम सम्पन्न गरी हेलिकप्टरमा फर्र्केकी थिईन् । कृषि राज्यमन्त्री ल्होछार कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख पण्डित पनि सो कार्यक्रममा भाग लिन पुगेका थिए । मन्त्री हिजै फर्किएपनि कृषि विकास कार्यालयका प्रमुख दुर्गाप्रसाद पण्डित आज फर्कदै गर्दा सो गाडी दुर्घटना भएको हो । दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा कार्यालय प्रमुख पण्डित, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव इन्द्रबहादुर थिङ्ग, चालक तिक बस्नेत रहेका छन् । gafi
काभ्रेको गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो । दुर्घटना भएको खवर पाउनासाथ कृषि विकास मन्त्रालय प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले गृहमन्त्रालय र रक्षा मन्त्रालयमा समन्वय गरी हेलिकप्टर मार्फत उद्दारका लागि आग्रह गरे बमोजिम दुर्घटनामा परेकाहरुको उद्दार गरिएको थियो । घाईतेहरुको बीर अस्पतालको ट्रमा सेण्टरमा उपचार गरिदं छ । सो गाडीमा तामाङ कलाकारहरु समेत १० जना सवार रहेको रहेको बुझिएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ ६, २०७३