आइतवार, जेष्ठ ६, २०८१

सचिव भक्कानिंदा मन्त्रालयको हल स्तव्ध

काठमाडौं, पौष । ५८ बर्षे निजामती सेवाबाट निवृत्त हुन १२ दिन मात्र वांकी हुंदा एउटा विशिष्ट श्रेणीको कर्मचारी (सचिव) सरुवा भएको १२ दिनमा अन्यत्र सरुवा हुंदा खिन्नता हुनु स्वभाविकै हो । तर त्यसले निजामती सेवामा काम गर्ने कर्मचारीहरुको मनोवल उच्च भने राख्न सक्दैन । एउटा सचिव जस्तो व्यक्ति भक्कानिएर विदाई हुनु पर्दाको पीडा सायद त्यही निजामती सेवामा कार्यरत कर्मचारीले मात्र अनुभूति गर्न सक्लान् । न की अरु पेशा व्यवसाय गर्नेहरुले । minis
हो । कृषि विकास मन्त्रालयमा १२ दिन अघि बढुवा सहित पदबहाली गरेका सचिव डा. अन्नपूर्णा नन्द दास निवृत्त हुन १२ दिन मात्र वांकी छंदा कृषि विकास मन्त्रालयबाट सरुवा भएका छन् । कृषि विकास मन्त्रालयले सरुवा भएर जान लागेका सचिवलाई विदाई कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिवहरु, कार्यक्रम निर्देशकहरु, संस्थान बोर्डका प्रमुखहरु, उपसचिवहरु, शाखा अधिकृतहरुको उपस्थिति थियो । विदाई कार्यक्रममा बोल्दै सचिव अन्नपूर्णा नन्द दासले नेपाल सानो भएको उखान व्यक्त गर्दै राजनीतिक नेतृत्वले निजामती सेवामा हस्तक्षेप गर्ने परिपाटी बढ्दै गएको र त्यसको शिकार आफू भएको बताए ।
‘जसरी अहिले म शिकार भएको छु त्यो शिकारमा भविष्यमा अरु पनि पर्नेछन्’, उनले भने निजामती सेवामा प्रक्रिया होइन राजनीति हावी हुंदै गयो । तर आफ्नो जागिरे जीवनमा जहां गएपनि राष्ट्रकै लागि काम गरेको बताउंदै गर्दा उनका गला अवरुद्ध भएका थिए । विगतमा कृषि विकास मन्त्रालयका सचिवहरुको विदाई हुंदा जुन हांसोको फोहोरा हलका हुन्थ्यो दासको विदाईमा त्यो दृश्य देख्न सकिएन करीव १० मिनेट मन्तव्य राख्दा निजामती सेवाका कर्मचारीहरु कसरी शिकार बनिरहेका छन् भन्ने कुरालाई व्याख्या गर्दै गर्दा कृषि विकास मन्त्रालयको हलमा सन्नाटा छाएको थियो । कर्मचारीहरु स्तव्ध थिए ।
हुन पनि एउटा विशिष्ट श्रेणीको कर्मचारीलाई निवृत्त हुन केही दिन मात्र वांकी रहंदा जनु हर्कत नेतृत्व पंक्तिले गरेको छ । त्यो निजामती सेवामा एउटा नजिर बसेको छ । सायद दासको उदाहरण अव अरु कर्मचारीहरुमा पनि लागू हुनेछन् । अनि निजामती सेवाका कर्मचारी राजनीतिक रुपमा प्रताडित हुन वाध्य हुने छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३