आइतवार, जेष्ठ ६, २०८१

कृषि सचिव डा. सुरोजले गरे पद बहाली

काठमाडौं, पौष । गत आईतबार बढुवा भएका सचिव डा. सुरोज पोखरेलले आज कृषि विकास मन्त्रालयको सचिवका रुपमा पद बहाली गरेका छन् ।dr-suroj कृषि सचिव डा. अन्नपूर्णानन्द दासलाई मन्त्रायलले २ बजे विदाई गरेपछि करीव ३ बजे डा. पोखरेलले सचिव पद बहाली गरेका हुन् । दासलाई मन्त्रालयले २ बजे विदाई गरेको थियो भने ३ बजे नवनियुक्त सचिव पोखेरेललाई स्वागत समेत गरेको थियो । कृषि विकास मन्त्रालयमा १२ दिनका सचिवका रुपमा रहेका दासलाई आईतबारको मन्त्रीपरिषद्ले पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो ।
पद बहाली पछि कृषि विकास मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा सचिव पोखरेलले कर्मचारीहरुलाई निर्देशन दिंदै कार्यालयलाई समय दिन आग्रह गरे । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कृषि क्षेत्रको विकासका लागि सञ्चालन भएका आयोजनालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिंदै आफू विगतदेखि नै सहकार्य गर्दै आईरहेकोमा कर्मचारीहरुसंग सहकार्य गरेर नै अगाडि बढ्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३