आइतवार, जेष्ठ ६, २०८१

दासी बनाउंदा खोज्दा ओइलायो कृषिमा फूल

काठमाडौं, मंसिर । कृषि विकास मन्त्रालयमा अघिल्लो सातामात्र हाजिर भएका सचिव अन्नपूर्णा नन्द दासलाई थर अनुरुप नै दासी बनाउंन खोज्दा कृषि विकास मन्त्रालय स्वागतका लागि ल्याइएका फूल ओइलाएका छन् । गत सोमबार बढुवा भएर कृषि विकास मन्त्रालयमा हाजिर हुन आएका सचिव अन्नपूर्णा नन्द दासलाई आउंदा आउंदै बाटोबाटै फर्काएपछि उनको स्वागतका हातमा फूल माला लिएर बसेका कृषि विकास मन्त्रालयका दर्जन भन्दा बढी सचिव एवं उच्च अधिकृतहरुले ल्याएका फूल माला ओइलाएकार गए सचिवको स्वागत गर्न पाएनन् । annapurna-das
तर सचिव दासले सोमबार बहाली गर्न नपाएपछि मंगलबार दिउंसो सचिव पदमा बहाली गरेका थिए । साता दिन वित्न नपाउंदै उनलाई कृषि विकास मन्त्रालयबाट पशुपन्छी विकास मन्त्रालयका सरुवा गरिएपछि कृषि विकास मन्त्रालयमा दासलाई दास बनाउने षडयन्त्र भएको चर्चा चल्न थालेको छ । आगामी पौष १३ गते उमेरहदका कारण अवकाश प्राप्त गर्न लागेका दासलाई जागिरे जीवनको अन्तिम समयमा षडयन्त्र गरिएको मन्त्रालय कै उच्च कर्मचारीहरुले भन्न थालेका छन् ।
यद्यपी दास गत मंगलबार मन्त्रालयमा हाजिरी भएका थिए । उनी मन्त्रालय हाजिर भएको साता दिन पनि वित्न नपाउंदै कृषि विकास मन्त्रालयमा आईतबार मात्र बढुवा भएका अर्का सचिव डा. सुरोज पोखरेलको स्वागत गर्ने र अन्नपूर्णा दासलाई विदाई गर्ने कृषि विकास मन्त्रालयको योजना विफल भएको छ ।
कृषि विकास मन्त्रालय श्रोतका अनुसार आज मंगलबार दिउंसो २ बजे नवनियुक्त सचिव डा. पोखरेलको स्वागत गर्न तम्तयार भएर बसेको थियो । त्यससंगै मन्त्रालयको प्रशासन अन्नपूर्णा नन्द दासको रमाना पत्र तयारी संगै विदाईका लािग फूल माला पनि जोरजाम गरेर बसेको थियो तर न त अन्नपूर्णा दास कार्यालय आए न त डा. सुरोज पोखरेलको स्वागत नै भयो ।
दुई सचिवको स्वागत र विदाईका लागि कृषि विकास मन्त्रालयले किनेर ल्याएको फूल मन्त्रालयमा त्यसै ओइलायो । विहान सवेरै देखि सचिव पोखरेल जति सक्दो चांडो पद बहाली गर्न आतुर थिए भने दास आफूलाई ५८ बर्षे उमेरमा घातप्रतिघात गर्दै दासी बनाउने प्रपञ्च रचिएको ठानी घरायसी काममा व्यस्त भएको भन्दै कार्यालयमा उपस्थिति नभईदिनाले विचरा माला ओइलाउनु परेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७३