आइतवार, जेष्ठ ६, २०८१

कृषि विकास मन्त्रालयमा दुई सचिव !

काठमाडौं, मंसिर । भनिन्छ बाल हठ, नारी हठ र बृद्ध हठलाई रोक्न साह्रै गाह्रो हुन्छ । अहिले कृषि विकास मन्त्रालयका त्यस्तै भएको छ । निजामती सेवामा आफ्नो ५८ बर्ष पार गर्न लाग्दा १० दिन अगाडि सचिव भएका डा. अन्नपूर्णा नन्द दास र करीव ५७ बर्ष लाग्न लागेका ५ दिन अघि सचिवमा बढुवा भएका अर्का डा. सुरोज पोखरेल दुवैका कारण यतिखेर कृषि विकास मन्त्रालयमा दुई सचिव देखिएका छन् ।annapurna-das एक साता अगाडि कृषि विकास मन्त्रालयमा सचिव भएर पद बहाली गरेका अन्नपूर्णादालाई आईतबारको मन्त्रीपरिषद्ल् घर जान १३ दिन मात्र वांकी रहंदा अपमानजनक रुपमा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेपछि उनी मन्त्रालय हाजिर हुने कि राजीनामा दिएर स्वाभिमान पूर्वक घर बस्ने भन्ने दोधारमा परेका छन् । अर्कोतिर आईतबार बढुवा भएका डा. सुरोज पोखरेल हाजिर गर्न नपाएर छट्पट्टिएका मात्र छैनन् पद बहाली नै नगरी सचिवको हैसियतमा विदेशी दातृ निकायको एक कार्यक्रममा प्रमुख अतिथि नै बनिसकेका छन्। बुधबार २ बजे मन्त्रालयका पद बहाली गर्ने कार्यक्रम तय भएपनि सरुवा भईसकेका तर सरुवाको पत्र नबुझेका सचिव अन्नपूर्णानन्द दासकै कारण पद बहाली गर्न नपाएपछि पोखरेल सचिव कै हैसियतमा सो कार्यक्रममा करीव ३ बजे सो कार्यक्रममा सहभागि हुन पुगेका थिए ।
कृषि विकास मन्त्रालय प्रशासन महाशाखाका अनुसार बुधबार पोखरेलको स्वागत र दासको विदाई कार्यक्रम तय गरिएको भए पनि अन्नपूर्णा दास घरायसी समस्या परेको भन्दै मन्त्रालय नआएपछि बुधबारका लागि तय गरिएको पद बहाली कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ ।
यसको मतलव सरुवा पत्र र रमान पत्र नबुझेका कारण बैधानिक रुपमा कृषि विकास मन्त्रालयको सचिव अन्नपूर्णानन्द दास नै हुन् । तर कृषि सचिवको पद बहाली नै नगरी कृषि सचिवकै हैसियतमा डा. पोखरेल जापानी संस्था जाईकाको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेको आयोजकले बताएको छ । बुधबारको घटनाले के प्रष्ट पार्दछ भने कृषि विकास मन्त्रालयमा दुई सचिव क्रियाशील देखिएका छन् । निजामती सेवा नियमावली अनुसार सरुवा भएको २१ दिन भित्र रमाना लिईसक्नु पर्ने छ । र सरुवा भएको व्यक्तिले रमाना लिए पश्चात मात्र सो पदमा नव नियुक्त व्यक्तिले पद बहाली गर्ने प्रचलन रहेको बताएको छ । दासले रमाना नलिउञ्जेल सचिव डा. सुरोज पोखरेलले कृषि मन्त्रालयको सचिवका हैसियतमा कार्यक्रममा सामेल हुन नैतिकताले मिल्ला ? – धिरेन्द्र बस्नेत

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७३