आइतवार, जेष्ठ ६, २०८१

कुखुरा मासुमा १४ जिल्ला आत्मनिर्भर

काठमाडौं, २३ मंसिर । पश्चिमाञ्चलका १४ जिल्ला कुखुराको मासुमा आत्मनिर्भर बनेका छन् । मनाङ र मुस्ताङ बाहेक अन्यमा जिल्लाकै उत्पादनले धानको पश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालयले जनाएको छ । chiken-meet
छाटो समयमै राम्रो आम्दानी हुने भएपछि कुखुरापालन व्यवसायमा आकर्षण बढ्दो छ । पश्चिमाञ्चलमा ब्रोइलर कुखुरा पाल्नेको लहर नै चलेको छ । तराई र पहाडी जिल्लामा बर्षेनी उत्पादन २० प्रतिशतले बढेको निर्देशनालयका पशु विकास अधिकृत नारायणकाजी गुरुङ्गले बताए । उनकाका अनुसार मनाङ र मुस्ताङमा चिसोका कारण कुखुरा उत्पादन कम भएर त्यहां मात्रै छिमेकी जिल्लाबाट जान्छ । वाँकी सवै जिल्लामा आत्मनिर्भर छ । कहिले काही उत्पादन घटबढ भएर एउटा जिल्लाबाट अर्को जिल्लामा लाने ल्याउने बाहेक जिल्लाकै उत्पादनले थेगेको उनले बताए । कास्की जिल्ला दुई बर्ष अघि नै कुखुराको मासुमा आत्मनिर्भर भएको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ

प्रकाशित मिति: बिहिबार, मंसिर २३, २०७३