आइतवार, जेष्ठ ६, २०८१

कृषि सचिवले चढ्ने गाडी राज्यमन्त्रीको कब्जामा

काठमाडौं, मंसिर । परिवर्तनका लागि जति नै देखाउने काम गरेपनि पदमा पुगेका व्यक्ति सानै कुरामा चुक्दा रहेछन् भन्ने कुराको प्रमाण कृषि राज्यमन्त्री राधिका तामाङबाट पुष्टि भएको छ । आफैले खेती किसानी गरिरहेका अवस्थाकी राज्यमन्त्रीले किसानहरुको समस्या बुझ्न त्यत्ति गाह्रो नभएको बताउंदै आईरहेकी छिन् । दशैको विदा सकिए लगतै मन्त्रालयमा कार्यकक्षको ढोका आफै खोल्ने देखि किसानका खेतमा खेतमा अनुगमन गर्न पुग्ने राज्यमन्त्री तामाङ यतिखेर विवादमा तानिएकी छिन् । rajyamantri
राज्यमन्त्री तामाङ विवादमा तानिनु पनि ठूलो कुनै भूल गरेर भने होइन । चित्त सानो बनाएपछि कहिले कांही जति नै राम्रो गरे पनि ती सवै पछि पर्छ भन्ने कुराको पुष्टि समेत गराएको छ । कृषि विकास मन्त्रालयका तात्कालिन सचिव उत्तमकुमार भट्टराईले प्रयोग गर्दै आईरहेको सरकारी गाडी राज्यमन्त्रीले कब्जामा लिएपछि कृषि विकास मन्त्रालयमा अहिले चर्चा बढ्दै गईरहेको छ ।
कृषि राज्य मन्त्रीका लागि गृह मन्त्रालयले उपलब्ध गराउने सवारी साधन प्रयोग नगरेर राज्यमन्त्री तामाङले विगतमा प्याक्ट आयोजनाले उपलब्ध गराएको गाडी चढ्दै आईरहेकी थिइन् । तर उनले सचिव उत्तमकुमार भट्टराई पशुपन्छी विकास मन्त्रालयमा सरुवा हुन नपाउंदै भट्टराईले प्रयोग गरेको गाडी कब्जामा लिएको कृषि विकास मन्त्रालय श्रोतले बताएको छ ।
कृषि विकास मन्त्रालयमा भर्खरै बढुवा सहित जिम्मेवारी सम्हाल्न आईपुगेका सचिव डा. अन्नपूर्णा नन्द दाशले निवर्तमान सचिवले प्रयोग गर्दै आईरहेको गाडीको खोजी गरेपछि सो गाडी कृषि राज्यमन्त्रीको कब्जामा रहेको खुल्न आएको छ । सचिवले प्रयोग गरेको गाडी अहिलेसम्म कुनै पनि मन्त्रीहरुले जर्वजस्ती आफूले प्रयोग नगर्ने गरेको कृषि विकास मन्त्रालयका उच्च अधिकारी बताउंछन् । अहिले राज्यमन्त्री राधिका तामाङले कृषि विकास मन्त्रालयमा जति नै राम्रा काम गर्न खोजेपनि उनलाई सचिवले चढेको गाडी चढ्ने रहरले विगतमा गरेका कामलाई सस्तो लोकप्रियताको नमूना भएको आरोप लाग्न थालेको छ । सो विषयमा मन्त्रालयका प्रवक्तासंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: सोमवार, मंसिर २०, २०७३