शनिबार, जेष्ठ ५, २०८१

किसान माछापालनतर्फ

सिन्धुली, ८ मंसिर । सिन्धुलीको कमलाखोंच क्षेत्रका किसान व्यवसायिक माछापालनतर्फ आकर्षित भएका छन् ।परम्परागत अन्नबाली भन्दा माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । धान, मकै र गहुँजस्ता अन्नबालीको खेती हुने खेतबारीमा किसानहरुले पोखरी निर्माण गरी माछापालन शुरु गरेका छन् ।

कमलाखोंच क्षेत्र भएर बग्ने कमला र तावा नदीको तटीय क्षेत्रमा निर्माण गरिएका माछा पोखरीमा सधैं सफा पानी हुने भएकाले माछापालन व्यवसाय फस्टाउँदै गएको हो । जिल्ला कृषि विकास कार्यालयले किसानले रहु, नैनी, भाकुर, सहर, कत्ला, मागुर र हिल जातका माछाको व्यवसायिक पालनमा किसान आकर्षित भएको जनाएको छ । सिन्धुलीमा वार्षिक २ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३