शनिबार, जेष्ठ ५, २०८१

विराटनगरमा मात्र चालिस लाखको सयपत्री आयात

मोरङ, कात्तिक । भाईटिकाका लागि महत्वपूर्ण मानिएको मखमली फूलको अभाव मात्र होइन आयात नै गर्नु परेको छ । तिहारका लागि मात्र महत्वपूर्ण रहेको मखफूलको मूल्य पनि अत्यधिक चर्को रहेको छ । यद्यपी तिहारका लागि अन्य प्रयोजनका लागि चाहिने सयपत्री फूल अधिकांश भारतबाट आयात हुने गरेको छ ।sayapatri-phool
नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्ष झँै यस वर्ष पनि करिब रु ४० लाखको फूल विराटनगर भित्रिएको व्यापारी बताउँछन् । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतको कोलकाता र सिलगढीबाट फूल आयात गरिएका हुन् ।
चाडबाडका समयमा स्थानीय नर्सरीको योगदान २५ प्रतिशत मात्र हुने गरेको पुष्प व्यवसायी शम्भुुप्रसाद सिंहले बताए । गत वर्ष बन्द र हडतालका कारण व्यापार हुन सकेको थिएन । यस पटक भने विराटनगरमा फूलको व्यापार राम्रो भएको व्यापारीले बताएका छन् ।
लामो समयसम्म वर्षा भएका कारण फूल उत्पादन गर्न भने गाह्रो भएको र स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको उनीहरुको भनाइ छ । अन्य समयमा रु ५० पर्ने एउटा मालाको तिहारको बेला रु ७० तिर्नु परेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १६, २०७३