बिहिबार, बैशाख २७, २०८१

ज्यामरुककोटमा घाँसको स्रोत केन्द्र

म्याग्दी, २२ असोज । बेनी नगरपालिका– ३ र ४ मा पर्ने ज्यामरुककोटलाई घाँसको स्रोत केन्द्रका रुपमा विकास गरिने भएको छ । जिल्ला पशु सेवा कार्यालयले आवश्यक पर्ने बर्खे, हिउँदे, भुइँ तथा डाले घाँसका बिरुवा र बीउ आपूर्तिका लागि ज्यामरुककोटमा स्रोत केन्द्र बनाउन लागेको हो । बीउका लागि घाँसखेती र नर्सरी स्थापना गर्न कार्यालयलाई यस वर्ष रु पाँच लाख २४ हजार बजेट प्राप्त भएको छ । कृषकलाई स्थलगत तालिम, घाँसको बीउ, सिँचाइका लागि पाइप लगायत सहयोग गरिने भएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज २२, २०७३