सोमवार, बैशाख ३१, २०८१

भोजपुरका १२ कृषक पुरस्कृत

भोजपुर, ३१ असार । विभिन्न बाली लगाएर उत्कृष्ट कृषकको परिचय बनाउन सफल १२ कृषकलाई जिल्ला कृषि विकास कार्यालय भोजपुरले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषक छनोटका लागि विभिन्न मापदण्ड बनाएर कार्यालयले प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाका लागि छनोट गरी पुरस्कृत गरेको हो ।
खाद्यान्न बालीतर्फ च्याङ्ग्रे गाविसका रणबहादुर खत्री प्रथम, प्याउलीका राधा थापा दोस्रो, च्याङ्ग्रेकै भूपध्वज कोइराला तेस्रो र भोजपुर नगरपालिकाका रुद्र तामाङले सान्त्वना पुरस्कार पाएका छन् ।
त्यसैगरी, तरकारी बालीतर्फ देउराली गाविसका कृष्णबहादुर थापा प्रथम, षडानन्द नगरपालिकाका डम्बरबहादुर राई दोस्रो, आम्तेक गाविसका डम्बरबहादुर बुढाथोकी तेस्रो भएका छन् ।
सुन्तला तथा फलफूल बाली बगैँचातर्फ छिनामखु गाविसका नवराज राई र देउराली गाविसका गोरखबहादुर तामाङ प्रथम, गुप्तेश्वरका अम्बरबहादुर थापा र छिनामखुका भीमप्रसाद राई दोस्रो तथा छिनामखुकै देशराज राई तेस्रो भएका थिए ।
यसैबीच, अन्तर कृषक समूहतर्फ सिम्रासे तरकारी तथा बीउबिजन समूह प्रथम, ज्योति कृषक समूह बास्तिम दोस्रो, पशुपति तरकारी कृषक समूह तेस्रो भएका थिए । यसका साथै तीन जना अग्रज कृषकलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३