शनिबार, जेष्ठ ५, २०८१

सुन्तलाबाट एघार करोड

चितवन, २ वैशाख । जिल्लामा किसानले यस वर्ष दुई हजार २५० मेट्रिकटन सुन्तलाबाट रु ११ करोड २५ लाख आम्दानी गरेका छन् । किसानले गत वर्ष भने दुई हजार १४५ मेट्रिकटन सुन्तलाबाट रु १० करोड ७२ लाख आम्दानी गरेका थिए । अघिल्लो वर्षभन्दा किसानले यस वर्ष रु ५३ लाख बढी आम्दानी गर्न सफल भएका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो ।
जिल्लामा २२५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको थियो । जिल्लाको दारेचोकका तामिन, धाप, तोकदाङ, माझगाउँ र सिरान, काउले, कविलास, चन्डिभञ्याङलगायत ठाउँमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २, २०७३