आइतवार, जेष्ठ ६, २०८१

हिमालीले पायो कार्यालय प्रमुख, बोर्डमा अझै अन्यौल

काठमाडौं, चैत्र । पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको हिमाली आयोजनाले तीन महिना पछि कार्यालय प्रमुख पाएको छ । पशु उत्पादन निर्देशनालयमा कार्यक्रम निर्देशकका रुपमा कार्यरत डा विमलकुमार निर्मल उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन आयोजनाका आयोजना प्रमुखमा पद बहाली गरेका छन् । अवकाश प्राप्त गर्न केही समय बाँकी छैदैन तात्कालिन आयोजना प्रमुख डा. अमरबहादुर शाह विदा बसेका कारण सो आयोजनामा निमित्त आयोजना प्रमुखका रुपमा कौशल पौडेलले जिम्मेवारी सम्हाल्दै आईरहेका थिए । himali project
तर कौशल पौडेल पनि सहसचिवमा बढुवा भएपछि लामो समयदेखि हिमाली आयोजना कार्यालय प्रमुख विहिन अवस्थामा रहेको थियो । एडिवीको सहयोगमा सञ्चालित हिमाली आयोजना कृषि व्यवसाय, उतपादन बृद्धि गर्नका लागि हिमाली जिल्लाका १० जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई कार्यक्रम सञ्चालन गरिरहेको छ । यद्यपी हिमाली आयोजना लागू भएको जिल्लामा अनुदान प्राप्त किसानहरुको अनुगमन कार्यलाई तीव्रता दिनु आवश्यक छ ।
यसैगरी पशुपन्छी विकास मन्त्रालय मातहतमा नै रहेको राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकको पद रिक्त भएको दुईसाता वितिसक्दा पनि अझै कार्यकारी निर्देशकको नियुक्ति हुन सकेको छैन । भने मन्त्रालयले कार्यालयको काम सहज गर्नका लागि निमित्त कार्यकारी निर्देशक समेत तोक्न सकेको छैन ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २३, २०७२