शनिबार, बैशाख २२, २०८१

चितवनमा ९० प्रतिशत माटोमा क्षारिएपन

चितवन । माटो व्यवस्थापन निर्देशनालयले जिल्लामा नमुना सङ्कलन गरिएको माटोको परीक्षणमा ‘क्षारिएपन’ बढी भएको पाइएको छ । रत्ननगरमा जारी महोत्सवमा किसानलाई निःशुल्क माटो परीक्षणको व्यवस्था गरिएको हो । परिक्षडा गरिएको माटोको कुल १०५ वटा नमूना परीक्षणमा ९० प्रतिशत बढीमा क्षारिएपन देखिएको माटो विज्ञ टुकबहादुर थापाले बताएका छन् । माटोको पिएच (अम्लियपन र क्षारिएपनको अवस्था मापन) ६.५ देखि ७.५ सम्म सामान्य मानिन्छ । तर परीक्षण गरिएका माटोको पिएच आठसम्म पुगेको छ । सामान्य मापन भन्दा माथि जानु क्षारियपनको अवस्था हो भने तल झर्नु अम्लियपन हो ।van
निर्देशनालयले देशमा घुम्ती माटो परीक्षण सुरु गरेको भन्दै थापाले यो आर्थिक वर्षमा जिल्लामा यो परीक्षण आठाँै भएको बताए । यसले माटोमा खाद्यतत्वको अवस्था पत्ता लाग्छ । यसअघि काभ्रे, सिन्ुधली, धादिङ, गोरखामा घुम्ती परीक्षण भइसकेको छ । माटो विज्ञ नेत्रप्रसाद भट्ट माटोको क्षारिएपन हटाउनका लागि प्राङ्गरिक पदार्थको मात्रा बढाउनुपर्ने बताउंछन् ।
क्याल्सियम, म्याग्नेसियम र सल्फरको मात्रा बढेमा माटोमा क्षारिएपन बढी हुन्छ । यसले बिरुवालाई चाहिने खाद्यतत्वमा असर गर्ने कृषि विज्ञ शिवराज पौडेलको धारणा छ । बोटबिरुवाकालागी माटोमा १६ प्रकारको खाद्यतत्व हुन्छ । जिल्लामा माटो परीक्षण प्रयोगशाला नभएका बेला यसले किसानलाई सहज भएको छ । रासायनिक मल र विषादी बढी हाल्ने क्रम बढेकाले एक बाली उत्पादन राम्रो देखिए पनि माटो भने खराब हुँदै गएको कृषि विज्ञको भनाइ छ । माटो परिक्षणबाट किसानहरुलाई आफ्नो माटोको अवस्थाका बारेमा जानकारी हुनुका साथै परिक्षण पश्चात उत्पादन बृद्धि गर्नका लािग सहज हुने भएकाले गतबर्षदेखि घुम्ति माटो परिक्षण कार्यक्रम शुरु गरिएको माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा दवाडीले कृषिलाई बताए ।

प्रकाशित मिति: बुधबार, माघ २०, २०७२