काठमाडौं । नेपालको आर्थिक परिवर्तनको मुख्य आधार नै कृषि भएकाले कृषिमा आकर्षण बढ्दै गईरहेको कृषि मन्त्री हरिबोल गजुरेलले बताएका छन् । कृषि विकास मन्त्रालय मार्फत सञ्चालन भएका विभिन्न कार्यक्रम तथा क्रियाकलापहरुको बारेमा जानकारी गराउने उदेश्यले कृषि मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले मन्त्रालय फुटेपछ आफू मात्र होइन मन्त्रालयका कर्मचारीहरु समेत विक्षिप्त भएको खुलासा गरे । कृषि विकास मन्त्रालय फुटाउन हुन्न भन्दा भन्दै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वाध्यताका कारण मन्त्रालय फुटाउनु परेको बताए पनि आफू मानसिक पीडामा परेको मन्त्री गजुरेलले बताए ।
आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालय फुटेपछि आफू मात्र नभएर कृषि विकास मन्त्रालयका कर्मचारीहरु अधिकांश मानसिक पीडामा परेका कारण आफूले सार्वजनिक गरेको २७ बुंदे प्रतिवद्धता कार्यान्वयनमा ढिलाई भएको समेत उनले बताए । कृषि विकासमा परिवर्तन गर्न धेरै वाँंकी रहेको भएपनि मन्त्रालय फुटेकै कारण काम गर्न ढिलाई भएको भन्दै अव कृषि विकास मन्त्रालयले जारी गरेको २७ बुंदे प्रतिवद्धता कार्यान्वयनका लागि तीव्र ढंगले अगाडि बढ्ने मन्त्री गजुरेलले बताए ।
उनले विदेश पलायन भएका युवाहरुलाई रोक्ने लक्ष्य बोकेर कार्यक्रम सञ्चालन गरिहेको बताउंदै किसानहरुलाई उत्साहि गराउनकै लागि आफूले किसानलाई पेन्सको कुरा अगाडि सारेको समेत बताए । किसानलाई पेन्सन दिने कुरालाई विगतमा सरकारले ल्याएको बृद्ध भत्ता, आफ्नो गाउं आफै बनाउ जस्तै जनताको कार्यक्रम बनाउन आफूले किसानलाई बर्गिकरण गरी सोही आधारमा पेन्सन दिने कुरा ल्याएको समेत बताए ।
फुटेको मन्त्रालयमा मन्त्रीको हैसियतले नवस्ने आफ्ना कार्यकर्ताहरुले आग्रह गरेको भएपनि मुलुक खाद्य संकटको आउन लागेका बेला कृषि उत्पादन बृद्धि गर्नका लागि पनि आफूले मन्त्रालय संहाल्को भन्दै मुलुकभर बाँझो जग्गा नराख्ने अभियानमा आफू जुटेको बताए । सोही बमोजिम चैते धान उत्पादनबृद्धि गर्नका लागि पनि तत्कालै काम अगाडि बढाएको समेत खुलासा गरे ।
कृषि मन्त्रीले भने मन्त्रालय फुटेपछि मानसिक पीडा भयो

Add Comment