शनिबार, बैशाख १५, २०८१

मन्त्रालय फुटेपछि कृषि मन्त्री ओलीको शरणमा

काठमाडौं । आफू उपस्थित नभएको बेला मन्त्रिपरिषद्को वैठकले आफूले संहाल्नेको मन्त्रालयलाई दुई टुक्रा पारिदिएपछि कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेल रुन्चे अनुहार लिंदै प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेका छन् । एमाओवादीको भागमा परेको कृषि विकास मन्त्रालय टुक्राउने विषयमा छलफल नै नगरी र सम्वन्धित मन्त्री नभएको बेला मन्त्रालय फुटाएर फुटेको पशु विकास मन्त्रालयमा एमालेको भागमा पारेको भन्दै सो निर्णय सच्याउन गजुरेल प्रधानमन्त्री समक्ष पुगेको बताइएको छ । hari gajurelxkp-oli.jpg.pagespeedकृषि विकास मन्त्रालय विभाजन गराएर पशु विकास मन्त्रालय बनाइएकोमा असन्तुष्ट व्यक्त गर्दै सो निर्णय नसच्याइए आफूले कृषि विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले दिएका थिए ।
प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीमा हरिबोल प्रसाद गजुरेलले मन्त्री पद त्याग्ने बताएपछि ओलीले उनलाई मन्त्री पद खान मन नलागे छोडे हुन्छ आफ्नै पार्टीका अध्यक्षलाई गएर भन्न भनेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
आधा दर्जन सल्लाहकारहरुको घेरावन्दीमा परेको र सवैले फरक फरक सूचना दिने भएकाले आफूलाई काम गर्न कठिन भएको गुनासो पार्टी भित्र गरेको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस १६, २०७२