शुक्रबार, बैशाख १४, २०८१

एकसय दश सहसचिवले सामूहिक राजीनामा दिने

काठमाडौं, पुस । सरकारले सचिवहरुको बढुवाका लागि विशिष्टिकरणका नाममा कृषि, पशु तथा बन सेवाका सहसचिव बढुवामा अन्याय गरेकोले यी सेवामा कार्यरत सहसचिवहरु रुष्ट बनेका छन् । सरकारले सेवाका आधारमा सहसचिवहरुलाई बढुवा गर्नु राम्रो भएको भएपनि कृषि, पशु तथा बन समूहमा बढुवा गर्ने संख्यामा अन्याय गरेको आरोप सहसचिवहरुले लगाएका छन् । sahasachiv
साथै उनीहरुले संविधानले तोकेबमोजिम समानुपातिक ढंगबाट सहसचिव बढुवा गर्नु पर्ने माग उनीहरुले गरेका छन् । यो भन्दा अघिल्लो सरकारले सो समूहका तर्फबाट ४ जना सहसचिवहरुलाई बढुवा गर्ने नियम बनाएको भएपनि अहिले फेरि त्यसलाई संशोधन गरी ३ जना मात्र सचिव बनाउन लागेपछि सहसचिवहरु आक्रोशित बनेका हुन् । कृषि, पशु, वन तथा वातावरण समूहका सहसचिवहरुको बढुवामा समानुपातिक ढंगले हुनु पर्ने र समानुपातिक ढंगले गर्दा ११ जनालाई सचिवमा बढुवा गर्नु पर्ने माग राख्दै प्रधानमन्त्री लगायत सरोकारवाला निकायलाई ध्यानकर्षण समेत गराएका छन् ।
सहसचिवहरुले राखेका जायज मागहरुलाई सरकारले वेवास्ता गरे कृषि, पशु तथा बन समूहका ११० जना सहसचिवहरुल्े सामूहिक राजीनामा दिने तयारी गरेका छन् । ती तिनै समूहका सहसचिवहरुले वैठक गरी सरकारले आफ्ना मागहरुलाई उचित सम्वोधन नगरे सामूहिक राजीना दिने निर्णय समेत गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १६, २०७२