शनिबार, बैशाख १५, २०८१

किसानलाई जागरुक गराउनु पर्दछ

keshab sharma 

केशव शर्मा सचिव
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, बागमती

० नाकावन्दीले पशुपंक्षी औषधी क्षेत्रमा कत्तिको प्रभाव परेको छ ?
विगत तीन महिनादेखि पशुपंक्षीका औषधी आयात शुन्य भएको छ । जसले गर्दा व्यवसायिक रुपमा पशुपालन गर्नेदेखि परम्परागत पशुपालन गर्ने किसानसम्म हामीले औषधी पु¥याउन सकिरहेका छैनौं । नाकावन्दीका कारण पशुपंक्षीका औषधीहरु बन्दरगाहमा नै थन्किएर बसेको छ । जसका कारण व्यवसायी मारमापरेका छन् ।
० औषधी ल्याउनका लागि के पहल गरिरहनु भएको छ त संस्थाका तर्फबाट ?
हामीले भन्दा पनि नाकावन्दीका कारण पशपंक्षीका औषधीहरु आयात गर्नका लागि राज्यले नै कुनै ठोस काम गर्नु पर्ने हो तर,त्यो गरिरहेको छैन । हामीले पशु सेवा विभाग, औषधी व्यवस्थापन विभागमा गएर ध्यानाकर्षण गराईसकेका छौं । अन्य औषधी जस्तै पशुपंक्षीका औषधी ल्याउन सहज वातावरण गरिदिन आग्रह पनि गरेका छौं ।
० पशुपंक्षीको औषधी व्यवसायमा अहिले भोग्नु परेका समस्या चाहि के छ ?
कृषि र पशुपालन एक आपसमा प्रत्यक्ष रुपमा जोडिएका विषय हुन् । पशुपालन तथा पंक्षी पालनका लागि उचित कानूनको अभाव खेप्नुपरेको छ । पशुपालन व्यवसाय होस् वा पशुपंक्षकिा औषधी व्यवसायलाई मर्यादित बनाउनका लागि सरकारल एउटा निश्चित कानून बनाउनु आवश्यक छ । ० विशेष गरी औषधी आयात गर्दा क्वारेण्टाईनमा समस्या छ भन्छन् नि ?
राज्यले तोकेको कुनै पनि नियम कानून सवैले मान्नु पर्दछ । त्यसकारण क्वारेण्टाईनमा कडाई हुनु पर्दछ भन्ने माग हामीहरुकै हो । यसलाई समस्याका रुपमा लिनु हुंदैन । तर पशुपंक्षीको ओसारपसारदेखि कुनै पनि विदेशबाट आयात हुने पशुजन्य बस्तुमा गुणस्तरलाई ख्याल गर्ने कुरामा अडिग रहनु पर्दछ भन्ने हाम्रो मान्यता पनि हो ।
० औषधी व्यवसायलाई व्यवस्थित गर्न राज्यले के गर्नु पर्ने हो ?
पशुपंक्षी सम्वन्धि कुनै पनि सेवाका लागि सरकारले आफ्ना कार्यालयहरुलाई विकेन्दिकृत गर्नु पर्दछ । हाम्रा व्यवसायी सदरमुकाम वा शहरमा मात्र नभएर दुर्गम गाउं गाउंमा हुनु हुन्छ । उहांहरुले आफ्नो व्यवसाय दर्तादेखि नविकरण राज्यलाई तिर्नुपर्ने राजश्व बुझाउन पनि गाह्रो अवस्था देखिएको छ । राज्यले गर्नु पर्ने प्रमुख काम भनेको सामान्य निर्वाहमुखि व्यापार गरिरहेको होस् वा अबौं लगानी गरेको किन नहोस् त्यस्ता व्यवसायीहरुलाई समान रुपले हेर्न सक्नु पर्दछ ।
० त्यसका लागि के गर्ने त ?
जवसम्म किसान माथि उठ्न सक्दैन तवसम्म कृषि क्षेत्रमाथि उठ्न सक्दैन । त्यसकारण सरकारले किसानलाई व्यवसायिकता सम्वन्धि प्रशिक्षण दिनु पर्दछ । पशुपालन गरिरहेकालाई पनि आधारभूत ज्ञान दिनु पर्दछ । ग्रामिणभेगसम्मका किसानसम्म पुग्ने किसिमले कार्यक्रम बनाएर पशुपालन प्रर्वद्धनमा शिक्षा दिन सक्नु पर्दछ ।
० व्यवसायी संघको सचिवका नाताले के भन्नु हुन्छ ?
जति पनि व्यवसायीहरु हुनु हुन्छ । सवैले परम्परागत शैलीमा भन्दा फरक ढंगबाट अगाडि हिड्नु पर्दछ । विश्व बजारमा आएको परिवर्तन हामीसम्म आईसकेको छ । त्यसलाई पनि हामीले आत्मसात गर्न सक्नु पर्दछ । आफ्नो श्रोत र साधनले जति भ्याउंछ सोही अनुरुप व्यवसायलाई पेशागत मर्यादालाई आँच नपुग्ने गरी व्यवसाय अगाडि बढाउन आग्रह गर्दछु ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७२