शुक्रबार, बैशाख १४, २०८१

कृषि साप्ताहिक एवं अनलाईनका सम्पादक भण्डारी सम्मानित

काठमाडौं, असोज । आफ्नो स्थापनाको करीव ५० बर्ष पछि पहिलो पटक पशु सेवा विभागले विश्व पशुपंक्षी दिवसको अवसरमा प्रथम पशु सेवा विभाग स्थापना दिवसको आयोजना गरी कृषि अनलाईत एवं कृषि साप्ताहिकका सम्पादक वैकुण्ठ भण्डारी सहित ११ जनालाई विशेष सम्मान गरेको छ । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सो सम्मान गरिएको थियो ।
कृषि क्षेत्रको विकास एवं कृषि सुशासनका क्षेत्रमा कृषि साप्ताहिकका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई सचिव भट्टराई र पशु सेवा विभागका महानिर्देशक केशव प्रसाद प्रेमीले मायाको चिनो सहित सम्मानित गरेका हुन् ।sammmman
सोही कार्यक्रममा पशु सेवा विभागको पहिलो महानिर्देशक पशु चिकित्सक डा. थिरबहादुर सिंहलाईपनि पनि मरणोपरान्त सम्मान गरिएको थियो । स्व थिरबहादुरको सम्मान उनका नाती गौरव केसीले ग्रहण गरेको थिए । सो कार्यक्रममा कान्तिपुर दैनिकका कृषि पत्रकार सुरज कुँवरलाई पनि सम्मानित गरिएको थियो । प्रथम स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रममा चितवनमा व्यवसायिक रुपमा पहिलो कुखुरा फार्म सञ्चालन गरेका गुणचन्द्र विष्ट, पशु चिकित्सक प्रणवराज जोशी, छाला व्यववसायी हरेराम बोगटी, उन व्यवसायी नरेन्द्र घले,दुग्ध व्यवसायी हेरम्वराज भण्डारी, चौपाया व्यवसायी जीवन खतिवडा, मासु प्रशोधान व्यवसायी दिर्घमान श्रेष्ठ, अण्डा व्यवसायी शिवराम केसीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सचिव भट्टराईले विभागका उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु दमयन्ती श्रेष्ठ, किशोर विष्ट, काली कुमारी महर्जन, रामप्रसाद बजगाई, सुधिर कुमार सिंह,सुन्दरलाल विक, पुष्कारनाथ , डीकरदेव भट्ट, नारायण बहादुर श्रेष्ठ समेतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमा कृषि विकास मन्त्रालयका पूर्व सचिवहरु, पशु सेवा विभागका पूर्व महानिर्देशकहरु समेतको सहभागितामा विभागका पहिलो महानिर्देशक पशु चिकित्सक स्व. थिरबहादुर ंिसंंहको नामबाट पशु सेवा विभागको प्रांगण भित्र रहेको पशुपंक्षी बजार निर्देशनालयको सभा कक्षलाई स्व थिरबहादुर सिंह सभाकक्ष हुने गरी सचिव भट्टराईले सिलान्यास समेत गरेका थिए ।
कार्यक्रममा विभागका पूर्व महानिर्देशकहरु, उपमहानिर्देशकहरु, पशु चिकित्सकहरुले समेत पशु सुरक्षाका विषयमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: सोमवार, अशोज १८, २०७२