बुधबार, बैशाख २६, २०८१

किसानले दूध फाले,सरकार बोलेन

काठमाडौं, १३ असार । मुलुकलाई तीन बर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारी अधिकारीहरुको भनाईलाई चुनौती दिंदै महेन्द्रनगरका किसानहरुले आफूले उत्पादन गरेको दूधलाई राजमार्ग ठप्प पारेर विरोध स्वरुप दूध पोखेका छन् ।

;/sf/n] cfkm'x?n] pTkfbg u/]sf] b"w glsg]sf] eGb} s~rgk'/sf s[ifsx?n] rSsf hfd u/]/ /fhdfu{ ;8sdf b'w kf]Vb} . tl:a/ M df]xg lai6÷ a]nf}/L, s~rgk'/ /f;;
;/sf/n] cfkm’x?n] pTkfbg u/]sf] b”w glsg]sf] eGb} s~rgk’/sf s[ifsx?n] rSsf hfd u/]/ /fhdfu{ ;8sdf b’w kf]Vb} . tl:a/ M df]xg lai6÷ a]nf}/L, s~rgk’/ /f;;

किसानहरुले उत्पादन गरेको दूध खरिद गर्नका सरकारले आनाकानी गरेपछि त्यसको विरोधमा उनीहरुले दूध सडकमा पोखेर आन्दोलनको शुरुवात पनि गरे । किसानले दूध सडकमा पोखेपछि दुग्ध व्यवसायमा सक्रिय रहेका किसानहरुमा नैराश्यता उत्पन्न भएको छ ।
सरकारले पशु पालन व्यवसायलाई उत्प्रेरित गरिरहेको बताईरहंदा किसानहरु भने दूध सडकमा पोखिरहेका छन् । यसले के प्रष्ट पार्दछ भने सरकारले दूध उत्पादन गर्नका लागि बोलीमा एउटा र व्यवहारमा अर्को गर्दछ भन्ने पुष्टि गरिदिएको छ । सरकारी अधिकारीहरुले किसानहरुले उत्पादन गरेको दूध सहज रुपमा खरिद गर्ने भनिरहेका बेला महेन्द्रनगरका किसानहरुले उत्पादन गरेको दूध सरकारको आधिकारीक संस्थान दूग्ध विकास संस्थानले खरिद गर्न आनाकानी मानेपछि किसानहरु आक्रोशित बनेका छन् । जसका कारण दूध विक्रीमा किसानहरुलाई समस्या पर्दै आएको छ । व्यवसायिक रुपमा दूध उत्पादनका लागि पशुपालन गरिरहेका किसानहरु अहिले मारमा परेका छन् ।
दुग्ध विकास संस्थान आफ्ना नियमित बाहेक अन्य किसानहरुको दुध खरिद नगर्ने बताईरहेको छ भने मन्त्रालयका पदाधिकारी किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरणका लागि आफूहरु जिम्मेवारी लिने बताउंछन् । तर, किसानहरुले उत्पादन गरेका दूध विक्री नभई सडकमा फाल्दा समेत कृषि विकास मन्त्रालयले कुनै पनि सम्वोधन नगर्नुलाई किसानहरुले गहिरो रुपमा लिएका छन् ।
एकातिर दूधमा आत्मनिर्भर बनाउने भाषण गर्ने अर्कोतिर किसानले उत्पादन गरेको दूधलाई व्यवस्थापन नगर्नुले दुग्ध विकास संस्थान र कृषि विकास मन्त्रालय वीचको सम्वन्ध माथि नै शंका गर्नु पर्ने भएको छ । मन्त्रालय र दुग्ध विकास संस्थानका अधिकारीहरु वीचको जुंगाको लडाइंका कारण किसानहरु मारमा परेको स्पष्ट छ । किसानहरुले उत्पादन गरेको दूधलाई व्यवस्थापन गर्न तर्फ सरकार र सम्वन्धित सरोकारवाला निकायले समयमा नै सम्वोधन नगर्ने हो भने आत्मनिर्भरतातिर उकालो लाग्दै गरेको दुग्ध व्यवसाय धरापमा पर्ने करीव करीव पक्का जस्तै देखिन्छ । तीनबर्षभित्र आत्मनिर्भर बन्ने दूध उत्पादन गरिरहेका किसानहरुका पक्षमा तत्कालै सम्वोधन गर्नु जरुरी छ । सरकारले किसानका पक्षमा सम्वोधन गर्ने चासो नदिएका भावी दिनमा त्यसले विकराल रुप नलेला भन्न सकिंदैन ।

प्रकाशित मिति: आइतवार, असार १३, २०७२