शनिबार, बैशाख २२, २०८१

रोजमेरीमा रमाउँदै दोलखाका किसान

rojmeriदोलखा, वैशाख । हिमाली जिल्ला दोलखाका किसान यतिवेला नयाँ सम्भावनाको खोजीमा छन् । यिनै मध्यका एक हुनुहुन्छ हावा–१ का दिल बहादुर कार्की । कार्कीले गरेको रोजमेरी खेतीबाट राम्रो आम्दानी हुन थाले पछि यस तर्फ किसानको आर्कषण बढेको छ ।
दुई वर्ष अघि परीक्षणका रुपमा गरिएको यो खेतीले वार्षिक डेढ लाख आम्दानी दिएपछि रोजमेरीको विकास र विस्तार गर्न कार्की आफै पनि लागिपरेका छन् । किसान दिल बहादुरले जम्माजम्मी यससम्बन्धी तीन दिनको मात्र तालिम लिइका छनन् । उनी रोपनदेखि कटिङसम्मका सबै काममा निपूर्ण पनि छन् । रोजमेरीको बिरुवा प्रतिगोटा २५ रुपैयाँले सवा लाख र पात प्रतिकिलो छ सय रुपैयाँले ३० हजार रुपैयाँको बिक्री भएको कार्कीले कृषिलाई बताए । विदेशको मोहमा परी इराक पुगेका उनका भतिज जीत बहादुर कार्की १५ लाख जति घाटा लागेपछि अब स्वदेशमै उद्यम गर्छु भन्ने सोचले फर्केपछि भतिजलाईसँगै लिएर यो खेती गराउन लागेको किसान दिल बहादुरले बताए ।
रोजमेरीको वर्षमा तीन पटक कटिङ्ग गरेर बेच्न मिल्छ । बजारको पनि समस्या छैन । परम्परागतका मकै, कोदो खेतीभन्दा त कैयौँ गुना यसले फाइदा दिएको छ । तालिम पश्चात क्यास्ट अफ नेपाल नामको संस्थाबाट आफैँले प्रतिगोटा ३५ रुपैयाँमा एक हजार बिरुवा ल्याएका उनले दुई वर्षमै अब प्रतिगोटा २५ रुपैयाँ मै जति पनि बिरुवा दिन सक्ने बताउँछन् । यसका अतिरिक्त उनले दुई हजार लोठसल्ला र ५ बोट किबी फल पनि लगाएका छन् । यिनीहरुले पनि राम्रै आम्दानी दिने भएकाले रोजमेरीसँगै खेती गर्ने उनले सोच बनाइका हुन् ।
भौगोलिक एवम् हावापानी समेतका हिसावले यो ठाउँ रोजमेरीका लागि उपयुक्त मानिएको छ । ग्रामीण उद्यम विकास केन्द्रको आयोजनामा यहाँका सात जनाको एक समूहलाई खेतीका लागि आर्थिक तथा प्रविधिक सहयोग गरेको छ । उद्यमी तयार पार्नका लागि सामाजिक परिचालन, सात दिने उद्यामशीलता विकास तालिम र मागमा आधारित प्राविधिक सीप विकास तालिम प्रदान गर्नुका साथै उनीहरुलाई प्राविधिक सहयोग पनि गरिएको जिल्ला कार्यक्रमम संयोजक सुमन कुमार उप्रेतीले जानकारी दिए ।
तालिम प्राप्त सात जनामध्ये तीन जनाले रोजमेरी खेती गरेका छन् । उद्यमी जानुका कार्की खेती गरेको छोटै समयमा साँढे तेह्र हजार आम्दानी गर्न सकेकोमा खुसी व्यक्त गर्छिन् । कडा परिश्रमका साथ परम्परागतका मकै कोदोबाट जिन्दगीमा यति आम्दानी गर्न नसकिएको भन्दै अब तन मन र धन लगाएरै भए पनि रोजमेरी खेती गर्ने उनले बताईन् ।
रोजमेरी खेतीका लागि सामान्य सिंचाई गरे पुग्छ । कम्तीमा पाँच घण्टा घाम लाग्ने ओसिलो जग्गा भए हुन्छ । यो करिब तीन फुट अग्लो हुने गर्दछ । आठ महिनादैखि नै उत्पादन दिन थाल्ने रोजमेरीको हाँगाबाट बिरुवा हुने र पात पनि बिक्री हुने हुँदा आयआर्जनकौ राम्रो बाटो सावित हुँदै गएको बताइन्छ ।
रोजमेरी औषधियुक्त भएकाले आइरन, क्याल्सियम, भिटामिन सिक्स पनि यसमा पाइन्छ । ल्याटिन भाषामा सिडिउ भनिने रोजमेरीबाट ठूल्ठूला हो्टेलमा प्रयोग हुने मसला बन्दछ । सेन्ट, सावुन, स्याम्पुसमेतमा यो प्रयोग हुने यस सम्बन्धी विज्ञहरु बताउँछन् । – शेरबहादुर भुजेल

प्रकाशित मिति: सोमवार, बैशाख ७, २०७२